काठमाडौं । नवौं संस्करणको महिला एसिया कपमा नेपालसँगै एकै समूहमा रहेको भारतीय टोली घोषणा भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीआई) ले शनिबार हरमन प्रित कौरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाल र भारतबीचको खेल २३ जुलाईमा रहेको छ । पाकिस्तानसँग १९ जुलाईमा खेल्दै भारतले एसिया कपको यात्रा सुरुआत गर्नेछ ।
नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ ।
यस प्रतियोगितामा एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको हुन् । भने, बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहेर छनोट भएका हुन् ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सहित पाकिस्तान समूह ए मा रहेको छ ।
समूह ए मा सात पटकको च्याम्पियन भारत सहित युएई पनि रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।
भारतीय टोली
हरमन प्रित कौर (कप्तान), स्मृती मन्धना, सफाली बर्मा, दिप्ती शर्मा, जेमीनी रोड्रिगेज, रिचा घोष, उमा क्षेत्री, पूजा भास्तराकर, अरुनधती रेड्डी, आशा सोभाना, राधा यादव, श्रीयन्का पाटील र सजना सजिभन