सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल कुवेतसंग खेलीरहेको छ।
सिंगापुर इन्डीएन एसोसीएसन मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको कुवेतले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १४१ रनको योगफल तयार गर्दै नेपाललाई १४२ रनको लक्ष्य दिएको छ।
प्रतियोगिताको विजेता हुँदै ग्लोबल टि-२० विश्वकप छनौट प्रतियोगिता पुग्न नेपाललाई आज र भोलि सिंगापुरसंगको खेल जित्ने पर्ने आवस्यकता रहेको छ। नेपालले पहिलो खेलमा कतारसंग हार बेहोर्द दोश्रो खेलमा मलेसियालाई पराजित गरेको थियो।
नेपालको लागि दोश्रो ओभरमा करन केसीले ओपनर मित भास्करलाई क्याच आउट गराउदै पहिलो विकेट दिलाएका थिए। त्यसपछि अदनान इद्रेस र सान्दारुवानले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे। छैठौं ओभरमा बसन्त रेग्मीले १५ रन बनाएका सादारुवान र २५ रन बनाएका अदनानको विकेट लिंदै नेपाललाई खेलमा फर्काए।

त्यसपछि १ चौका र १ छक्का मदतले १३ रन बनाएका बिलाल ताहिरलाई सन्दिप लामिछानेले नवौं ओभरमा आउट गरे। सोहि ओभरमा सन्दिपले उस्मान वाहिदलाई पनि खाता नखोल्दै एलबिडब्लु धरापमा पारे।
९ ओभरमा ६४/५ पुगेको कुवेत योगफललाई छैठौ विकेटको लागि मोहम्मद असलम र कप्तान मोहम्मद कासिफले अघि बढाए। १४ औं ओभरमा २३ रन बनाएका अस्लामलाई अविनाश बोहराले क्याच आउट गराए। लगत्तै ओभरमा सन्दिपले खाता नखोल्दै शिराज खानलाई बोल्ड गरे।
त्यसपछि कुवेत कप्तान मुहम्मद कासिफले एक किनार सम्हालीरहे र अन्त्यमा आक्रामक इनिंग खेले। उनले अविजित ४९ रन बनाए जुन क्रममा ३६ बलमा ४ छक्का र २ चौका प्रहार गरे।
यस क्रममा करन केसीले गरेको १९ औं ओभरको अन्तिम २ बलमा २ वटा छक्का तथा अविनाश बोहराले गरेको अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गरे।
नेपालको बलिंगमा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान ३/३ विकेट लिए। बसन्तले ४ ओभरमा २० रन तथा सन्दिपले ४ ओभरमा २१ रन खर्चिए। यस्तै करन केसीले २ विकेट ( ४-०-४०-२ ) लिए। अविनाश बोहराले १ विकेट ( ४-०-३५-१ ) लिए।
टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। यस अघि उनले मलेसियासंग ३ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चेका थिए। बसन्त रेग्मीले सन् २०१४ टि-२० विश्वकपमा लिएको ४ विकेट ( ४-०-१६-४ ) नेपाली बलरको टि-२० मा उत्कृस्ट स्पेल हो।
आज ३ विकेट लिए संगै बसन्त रेग्मी नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले १७ खेलमा २५ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाललाई आज बसन्तले उछिनेका हुन्। सोमपालले २० खेलमा २३ विकेट रहको छ जो आज विकेट विहिन रहे। तेश्रो स्थानमा रहेका करन केसीको १७ तथा सन्दिप लामिछानेको १६ विकेट रहेको छ।