U19 Asia Cup : नेपाल आज कुवेतसंग खेल्दै

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ११:१५ बजे बिहान आईसीसी एकेडेमी-२ मैदान दुबईमा सुरु हुनेछ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासंग क्रमशः १५४ र ६० रनले पराजित हुंदै नेपालको सेमीफाइनल पुग्ने समाप्त भैसकेको छ। समुह ‘बि’ बाट बंगलादेश र श्रीलंका सेमीफाइनल पुग्दा दुवै खेलमा हार बेहोरेको कुवेतको पनि अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भैसकेको छ। दुवै टिमको लागि आजको खेल प्रतिष्ठाको लागि हुनेछ। प्रतियोगिताको समुह ‘ए’ बाट पाकिस्तान र भारत सेमीफाइनल प्रवेश गरिसकेका छन्।

नेपाल र कुवेतको यु-१९ टिम बीच अन्तिम पटक २०१९ यु-१९ विश्वकप छनोट प्रतियोगितामा भएको थियो। मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपाल ८ विकेटले विजयी भएको थियो। कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा पछ्याएको थियो। जितमा रित गौतमले ६२ तथा रोहित पौडेलले ३ विकेट लिएका थिए। त्यस अघि खेलिएका तिन वटा खेलमा समेत नेपाल सहजै विजयी भएको इतिहास छ।

पहिलो खेलमा बंगलादेशसंग एकतर्फी हार बेहोरेको नेपालले दोश्रो खेलमा श्रीलंकासंग राम्रो प्रदर्शन गरेको थियो। श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २६२ रन बनाएको थियो। नेपालको ब्याटिंगमा अर्जुन साउदले ६४, बिबेक यादवले ४६, बसिर एहमदले ४३ रन बनाएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy