U19 Asia Cup : नेपाल आज कुवेतसंग खेल्दै

युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो तथा अन्तिम खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ११:१५ बजे बिहान आईसीसी एकेडेमी-२ मैदान दुबईमा सुरु हुनेछ।

प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासंग क्रमशः १५४ र ६० रनले पराजित हुंदै नेपालको सेमीफाइनल पुग्ने समाप्त भैसकेको छ। समुह ‘बि’ बाट बंगलादेश र श्रीलंका सेमीफाइनल पुग्दा दुवै खेलमा हार बेहोरेको कुवेतको पनि अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भैसकेको छ। दुवै टिमको लागि आजको खेल प्रतिष्ठाको लागि हुनेछ। प्रतियोगिताको समुह ‘ए’ बाट पाकिस्तान र भारत सेमीफाइनल प्रवेश गरिसकेका छन्।

नेपाल र कुवेतको यु-१९ टिम बीच अन्तिम पटक २०१९ यु-१९ विश्वकप छनोट प्रतियोगितामा भएको थियो। मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपाल ८ विकेटले विजयी भएको थियो। कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा पछ्याएको थियो। जितमा रित गौतमले ६२ तथा रोहित पौडेलले ३ विकेट लिएका थिए। त्यस अघि खेलिएका तिन वटा खेलमा समेत नेपाल सहजै विजयी भएको इतिहास छ।

पहिलो खेलमा बंगलादेशसंग एकतर्फी हार बेहोरेको नेपालले दोश्रो खेलमा श्रीलंकासंग राम्रो प्रदर्शन गरेको थियो। श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २६२ रन बनाएको थियो। नेपालको ब्याटिंगमा अर्जुन साउदले ६४, बिबेक यादवले ४६, बसिर एहमदले ४३ रन बनाएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]