कुवेतद्वारा नेपाललाई १५८ रनको लक्ष्य, युएईसंग ओमान १०५ रनमा सिमित

  • विकेटनेपाल, बैशाख-५ 

आईसीसी अन्डर-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा कुवेतसंग खेलीरहेको छ। खेलमा पहिले ब्याटिंग गरेको कुवेतले नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

२०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ बिश्वकपमा छनौट हुन आजको खेलमा नेपालले जित्नु मात्रै पर्याप्त छैन। नेपालको जितसंगै अहिले जारि अर्को खेलमा ओमनले युएईलाई पराजित गर्नुपर्नेछ। ओमान र युएई बीच जारि खेलमा टस जितेर ब्याटिंग गरेको ओमानले ४३.३ ओभरमा १०५ रनमा सबै विकेट गुमाएर १०६ रनको लक्ष्य युएईलाई प्रस्तुत गरेको छ।

कुवेतको ब्याटिंग 

टस जितेर नेपालले पहिले बलिङ्ग रोजेपछि ब्याटिंग गरेको कुवेतको सुरुवात राम्रो हुन सकेन। २ विकेट १५ रनको योगफलमा गुमेपछि कुवेत सम्हालियो। तेश्रो विकेटको लागि ओपनर गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गरे।

कुमार ३६ रन ( ६६ बलमा ५ चौका ) बनाएर आउट भए जसपछि नेपालले लगातार विकेट लियो। एक किनारमा विकेट गुमे पनि बुद्रोले विकेट सम्हालीरहे।

Rohit Paudel
Rohit Paudel ( File Photo )

बुद्रू अन्तिम विकेटको रुपमा आउट भए जसअघि उनले ७० रन बनाए। १२० बलमा उनले ८ चौका प्रहार गरे।

४९.४ ओभरमा कुवेतले १५७ रनमा सबै विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा कप्तान रोहित पौडेलले ( ३-०-१३-३ ) ले सर्वाधिक ३ विकेट लिए भने राशिद खान ( ५-१-१६-२ ) , सुर्य तामांग ( १०-१-२७-२ ) , कुशल मल्ल ( १०-२-२१-२ ) ले २/२ विकेट लिए।

 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]