कुवेतद्वारा नेपाललाई १५८ रनको लक्ष्य, युएईसंग ओमान १०५ रनमा सिमित

२०७६ बैशाख ५, बिहीबार १०:४२

  • विकेटनेपाल, बैशाख-५ 

आईसीसी अन्डर-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा कुवेतसंग खेलीरहेको छ। खेलमा पहिले ब्याटिंग गरेको कुवेतले नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

२०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ बिश्वकपमा छनौट हुन आजको खेलमा नेपालले जित्नु मात्रै पर्याप्त छैन। नेपालको जितसंगै अहिले जारि अर्को खेलमा ओमनले युएईलाई पराजित गर्नुपर्नेछ। ओमान र युएई बीच जारि खेलमा टस जितेर ब्याटिंग गरेको ओमानले ४३.३ ओभरमा १०५ रनमा सबै विकेट गुमाएर १०६ रनको लक्ष्य युएईलाई प्रस्तुत गरेको छ।

कुवेतको ब्याटिंग 

टस जितेर नेपालले पहिले बलिङ्ग रोजेपछि ब्याटिंग गरेको कुवेतको सुरुवात राम्रो हुन सकेन। २ विकेट १५ रनको योगफलमा गुमेपछि कुवेत सम्हालियो। तेश्रो विकेटको लागि ओपनर गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गरे।

कुमार ३६ रन ( ६६ बलमा ५ चौका ) बनाएर आउट भए जसपछि नेपालले लगातार विकेट लियो। एक किनारमा विकेट गुमे पनि बुद्रोले विकेट सम्हालीरहे।

Rohit Paudel
Rohit Paudel ( File Photo )

बुद्रू अन्तिम विकेटको रुपमा आउट भए जसअघि उनले ७० रन बनाए। १२० बलमा उनले ८ चौका प्रहार गरे।

४९.४ ओभरमा कुवेतले १५७ रनमा सबै विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा कप्तान रोहित पौडेलले ( ३-०-१३-३ ) ले सर्वाधिक ३ विकेट लिए भने राशिद खान ( ५-१-१६-२ ) , सुर्य तामांग ( १०-१-२७-२ ) , कुशल मल्ल ( १०-२-२१-२ ) ले २/२ विकेट लिए।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy