मलेसिया बिरुद्ध करनको २ ठुलो किर्तिमान, नेपाल जित्दा बने ११ किर्तिमान

त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले बिहिबार मलेसियालाई ६९ रनले पराजित गर्दै समुह विजेताको रुपमा फाइनल प्रवेश गर्यो। खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १४८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। खेलमा नेपालले ठुलो जित दर्ता गर्दा व्यक्तिगत र नेपाली टिमले बिभिन्न नयाँ किर्तिमानहरु आफ्नो नाम गर्न सफल भएको छ। तिनै मध्ये ११ वटा रेकर्डहरु यहाँ प्रस्तुत गरेका छौँ –

१. मलेसिया बिरुद्ध सबैभन्दा ठुलो जित 

६९ रनको जित रन अन्तरको आधारमा नेपालको मलेसिया बिरुद्ध सबैभन्दा ठुलो जित हो। यस अघि मलेसिया बिरुद्ध रन अन्तरको आधारमा ठुलो जित ६ रनको जित थियो। टि-२० अन्तर्राष्ट्रियमा नेपालको यो हालसम्मकै चौथो ठुलो जित हो। नेपालले सबै भन्दा धरै भुटानलाई १४१ रनले, माल्दिभ्सलाई ८४ रनले तथा हंगकंगलाई ८० रनले पराजित गरेको छ। मलेसिया बिरुद्ध यस अघि नेपालको ठुलो रन अन्तरको जित ६ रनको जित थियो।

२. डेब्युमा कमलको कीर्तिमान

मलेसिया बिरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका फास्ट बलर कमल सिंह ऐरीले किर्तिमान बनाएका छन्। कमलले खेलमा ३.१ ओभर बलिंग गर्दै १६ रन खर्चेर ३ विकेट लिए। टि-२० अन्तर्राष्ट्रिय डेब्युमा नेपाली फास्ट बलरको यो सबैभन्दा उत्कृस्ट स्पेल हो। हालसम्म डेब्युमा नेपाली फास्ट बलरले ३ विकेट लिन सकेका थिएनन्।

डेब्युमा कमल सिंह ऐरीले ३ विकेट लिएर किर्तिमान बनाए

३. मलेसिया बिरुद्ध उत्कृस्ट स्पेल 

कमलको ३-१-०-१६-३ को स्पेल मलेसिया बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली बलरको इतिहासकै उत्कृस्ट स्पेल हो। जारि सिरिजमा करन केसीले अघिल्लो खेलमा मलेसिया बिरुद्ध ३ विकेट लिंदा ३ ओभरमा १७ रन खर्चेका थिए जसलाई कमलले उछिनेका हुन्। आजकै खेलमा सोमपाल र सन्दिपले पनि समान ३ विकेट लिएका थिए जसले उक्त विकेट लिन क्रमश: २० र ४२ रन खर्चिए।

४. सन्दिपको सयौं टि-२० 

मलेसिया बिरुद्धको खेल सन्दिपको टि-२० करियरको सयौं खेल थियो। यो उपलब्धि हाँसिल गर्ने सन्दिप पहिलो नेपाली क्रिकेटर हुन्। सन्दिप पछि धेरै टि-२० खेल्ने खेलाडी पारस खड्का हुन् जसले ५६ वटा टि-२० खेलेका छन् भने तेश्रो धेरै ज्ञानेन्द्र मल्लले ५४ वटा टि-२० खेलेका छन्।

५. एकै सिरिजमा सर्वाधिक विकेटको किर्तिमान

मलेसियासंग ३ विकेट लिएसंगै जारी त्रि-देशीय सिरिजमा सन्दिपको विकेट संख्या ११ पुगेको छ। यो संगै सन्दिप लामिछाने नेपालले खेलेको एकै सिरिज या प्रतियोगितामा संयुक्त रुपमा सर्वाधिक विकेट लिने बलर बनेका छन्।करन केसीले ओमानमा २०१९ मा सम्पन्न ५ वटा देश सम्मिलित सिरिजमा ११ विकेट लिंदै यो रेकर्ड बनाएका थिए जसलाई सन्दिपले बराबरी गरेका छन्। नेपाल र नेदरल्याण्ड बीच शनिवार हुने फाइनलमा करन र सन्दिप मध्ये धेरै विकेट लिने बलरले यो रेकर्ड आफ्नो नाम गर्ने मौका रहेको छ।

Karan KC

६. एकै सिरिजमा सर्वाधिक रन 

मलेसिया बिरुद्ध १६ रन बनाएका कुशल भुर्तेल एकै सिरिज या प्रतियोगितामा सर्वाधिक रन बनाउने र २ सय भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। कुशलले ४ खेल खेल्दा ३ वटा अर्धशतक सहित २०१ रन बनाएका छन्। यस अघि यो किर्तिमान ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो जसले २०१९ साग क्रिकेटमा ३ खेलमा १४८ रन बनाएका थिए। ज्ञानेन्द्र हाल दोश्रो स्थानमा छन्। जारि सिरिजमा ४ खेलमा १३८ रन बनाएका आसिफ शेख तेश्रो स्थानमा छन्।

७. करनको सर्वाधिक स्ट्राइक रेट 

आजको खेलमा मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन बनाएका करनको स्ट्राइक रेट ३४६.१५ रह्यो। नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमै २५ वा सो भन्दा बढी स्कोर बनाउने ब्याट्सम्यानको यो सर्वाधिक स्ट्राइक रेट हो। यस भन्दा अघि यो किर्तिमान पवन सर्राफको नाममा रहेको थियो जसले थाइल्याण्ड बिरुद्ध गत वर्ष अविजित १० बलमा २७० को स्ट्राइक रेटले अविजित २७ रन बनाएका थिए।

९. विश्वकै नवौं सर्वाधिक स्ट्राइक रेट

मलेसिया बिरुद्ध १३ बलमा ७ छक्का मद्दतले ४५ रन बनाउदा करन केसीको स्ट्राइक रेट ३४६.१५ थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिंग्समा २५ रन भन्दा बढी बनाउने ब्याट्सम्यानहरु मध्ये यो नवौं सर्वाधिक स्ट्राइक रेट हो। यो रेकर्ड वेस्टइन्डिजको ड्वेन स्मिथको नाममा रहेको छ जसले बंगलादेश बिरुद्ध २००७ मा ७ बलमा ४१४.२८ को स्ट्राइक रेटले २९ रन बनाएका थिए।

एसोसीएट राष्ट्रको कुरा गर्दा करनको स्ट्राइक रेट एसोसिएट राष्ट्रको ब्याट्सम्यानहरु मध्ये चौथो उत्कृस्ट स्ट्राइक रेट हो। पपुवा न्यु गिनीका ब्याट्सम्यान नोर्मन भनुवाले भानुआटु बिरुद्ध २०१९ मा १२ बलमा ३९१.६६ को स्ट्राइक रेटले ४७ रन बनएका थिए जुन स्ट्राइक रेट विश्वकै दोश्रो उत्कृस्ट इनिंग्स स्ट्राइक रेट पनि हो।

१०. सातौं नम्बर या त्यो भन्दा मुनि ब्याटिंग गर्दै सर्वाधिक स्कोर 

करन केसीले ४५ रन सातौँ नम्बरमा ब्याटिंग गर्दै बनाएका हुन्। सातौँ नम्बरमा या सो भन्दा तल ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि यो रेकर्ड करन केसीकै नाममा रहेको थियो। करनले २०१९ साग क्रिकेटमा माल्दिभ्स बिरुद्ध आठौँ नम्बरमा ब्याटिंग गर्दै अविजित ४० रन बनाएका थिए। विश्व क्रिकेटको कुरा गर्ने हो भने करनले बनाएको ४५ रन सातौं नम्बरमा ब्याटिंग गर्दै बनाएको संयुक्त रुपमा १७ औं सर्वाधिक स्कोर हो। 

११. मलेसिया बिरुद्ध ५ जित 

जारि सिरिजमा मलेसिया बिरुद्ध दोश्रो जित पछि मलेसिया बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जित संख्या ५ पुगेको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अरु देश बिरुद्ध ५ जित दर्ता गर्न सकेको छैन। कुल ६ खेल खेल्दा मलेसियासंग नेपाल १ पटक मात्र पराजित भएको छ। मलेसिया पछि नेपालले सबैभन्दा धेरै पराजित गरेको टिम नेदरल्याण्ड हो जसलाई नेपालले ३ पटक पराजित गरेको छ। नेदरल्याण्ड बिरुद्ध नेपालले कुल ८ खेल खेलेको छ जसमा नेपाल ४ पटक परजित भएको छ भने १ खेल नतिजाविहिन रहेको थियो। नेपालले हंगकंग , माल्दिभ्स र युएईलाई समान २ पटक पराजित गरेको छ।

यो पनि पढ्नुस 

सन्दिपको ऐतिहासिक उपलब्धि, सयौं टि-२० खेल्ने पहिलो नेपाली

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]