करन केसीले उत्कृस्ट बलिंग गर्दा मलेसिया १२८ रनमै सिमित

नेपाल र मलेसीया बीच मलेसियामा २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टि-२० किनरारा ओभल मैदानमा भइरहेको छ।

जुलाई २३ बाट सिंगापुरमा आयोजना हुने टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपाल र मलेसिया दुवै सहभागी हुँदैछन् जसको तयारीको लागि सिरिज आयोजना गरिएको हो। नेपाल र मलेसियाले कुनै पनि किसिमको सिरिज खेलेको योनै पहिलो पटक हो भने दुवै देश बीच यो नै पहलो टि-२० अन्तर्राष्ट्रिय समेत हो। दोश्रो टि-२० भोलि खेलिनेछ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाउदै नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोमपाल कामिले पहिलो ओभरमा मलेसिया ओपनर सयद अजिजलाई बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि भने दोश्रो विकेटको लागि अर्का ओपनर भीरनदीप सिंह र फित्री शामले दोश्रो विकेटको लागि राम्रो साझेदारी गरे।

सातौँ ओभरमा सन्दिप लामिछानेले फित्रीलाई करन केसीबाट क्याच आउट गर्दै ४२ रनको साझेदारी तोडे। फित्रीले १३ बलमा १ चौका मदतले १२ रन बनाए। चौथो ओभरमानै ललित राजबंशीको बलमा फित्री क्याच आउट हुने मौका थियो तर ज्ञानेन्द्र मल्लले बाउन्ड्रीमा सहज क्याच छुटाउन पुगेका थिए।

Virandeep Singh

तेश्रो विकेटको लागि पनि नेपालको प्रतिक्षा लामै रह्यो। भीरनदिपले कप्तान एहमद फैजसंग अर्धशतकीय साझेदारी गरे। ४९ बलमा ७ चौका र १ छक्का प्रहार गरेपछि भिरनदिपलाई १५ औं ओभरमा बसन्त रेग्मीले क्याच आउट गराउदै पेभेलियन फर्काए।

लगत्तै रेग्मीले २ रन बनाएका शफिक शरिफलाई आफ्नै बलमा आफैले क्याच आउट गरे। लगातार विकेट गुमाउने क्रममा अमिनुद्दीन रामली ( ० रन ) लाई करन केसीले रन आउट गरे। खाता नखोल्दै मुनिएन्डीलाई सन्दिपले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए।

४५ रन बनाएर एक किनार सम्हालीरहेका कप्तान एहमद फैजलाई अन्तिम ओभरमा करन केसीले क्याच आउट गराए। ३९ बलमा उनले २ छक्का प्रहार गरे।

Basant Regmi
Basant Regmi

अन्तिम ओभरमा केसीले चौथो र पाँचौ बलमा लगातार २ विकेट लिए। फलस्वरूप मलेसियाले २० ओभरमा १२८ रन मात्रै बनाउन सक्यो।

नेपालको बलिंगमा करन केसीले ३ विकेट  ( ४-०-२७-३ ) तथा  बसन्त रेग्मी ( ४-०-२८-२ ) र सन्दिप लामिछाने ( ४-०-२५-२ ) ले २/२ र सोमपाल कामि ( ३-०-१५-१ ) ले १ विकेट लिए।

नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , प्रदिप ऐरी, सन्दिप लामिछाने, रोहित पौडेल, ललित राजबंशी

मलेसियासंग नेपालले इतिहासमा ४ वटा मात्र टि-२० खेलेको छ। टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भने नेपाल र मलेसियाले खेलेको छैन। ४ मध्ये नेपालले ३ वटामा जित र एउटा खेलमा हार बेहोरेको छ।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]