महिला टि-२० अन्तर्राष्ट्रियमा नेपालको नयाँ रेकर्ड, सिता र रुबिनाको उत्कृस्ट ब्याटिंगमा नेपालले बनायो १२६

  • विकेटनेपाल, फाल्गुन-७ , मङ्गलबार 

आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ। खेल आईसीसीको टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त ५८१ औं महिला टि-२० अन्तर्राष्ट्रिय हो।

थाईल्याण्डमा सोमबार सुरु भएको प्रतियोगिताको विजेता टिम आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट हुनेछ।

थाईल्याण्डको टेर्ड थाई मैदानमा नेपालले खेलमा नेपालले टस जितेर ब्याटिंग गरेको हो। निर्धारित २० ओभरमा नेपालले ५ विकेट गुमाएर १२६ रनको योगफल तयार गरेको छ।

नेपालले महिला टि-२० अन्तर्रराष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक टिम योगफल हो। यस अघि गत महिना थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपालले इन्डोनेसिया बिरुद्ध पहिले ब्याटिंग गर्दै ११९ रनको योगफल तयार गरेको थियो जुन सर्वाधिक टिम योगफल थियो। टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले १०० रनको योगफल पार गरेको यो तेश्रो अवसर मात्र हो। थाईल्याण्ड टि-२० स्म्यासमा नेपालले युएईसंग १०६ रन बनाएको थियो।

सिताको उत्कृस्ट ब्याटिंग पहिले ब्याटिंग गर्दै  राम्रो सुरुवात गर्ने क्रममा नेपालको लागि ओपनर काजल श्रेष्ठ र सिता राना मगरले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। काजल आठौँ ओभरमा १६ रन बनाएर आउट भईन्। उनले २९ बलमा ३ चौका प्रहार गरिन्।

sita rana magar
Sita Rana Magar ( File Photo )

४६ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपाली महिला टिमको लागि चौथो सर्वाधिक साझेदारी हो। गत महिना थाईल्याण्डमा सम्पन्न टि-२० स्म्यासमा सिता राना मगरले इन्दु बर्मासंग दोश्रो विकेटको लागि गरेको ७० रन कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो।

पहिलो विकेट गुमाएपछि सिताले इन्दु बर्मासंग दोश्रो विकेटको लागि २५ रनको साझेदारी गरिन्। इन्दु १३ रन ( १४ बलमा १ चौका ) बनाएर आउट भईन्।

सिता राना मगर ४२ रन बनाएर आउट भईन् जो महिला टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि पहिलो अर्ध बनाउनबाट चुकिन्। यस अघि सिताले गत महिना थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा इन्डोनेसियासंग ४८ रन बनाएर आउट पुगेकी थिईन्। सिताको उक्त स्कोर नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक स्कोर हो भने आजको ४२ रन दोश्रो सर्वाधिक बन्न पुगेको छ।

सिताको विकेट पछि नेपालको इनिंग सम्हाल्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् जुन क्रममा २५ बलमा ३ चौका प्रहार गरिन्। नेरी थापा ६ र ममता चौधरी खाता नखोल्दै आउट हुन पुगे। दुवै रन आउट भए।

मलेसियाको बलिङ्गमा दुराईसिङ्गम, सासा आजमी र जुमिका आजमीले १/१ विकेट लिए।

rubina chhetry
Rubina Chhetry ( File Photo )

प्रतियोगितामा हिजो सम्पन्न खेलमा मलेसियाले पहिलो जित दर्ता गर्ने क्रममा ६३ रनले पराजित गरेको थियो।  पहिले ब्याटिंग गर्दै मलेसियाले १३९ रन बनाएको थियो र कुवेतलाई ७६ रनमा सिमित गरेको थियो।

नेपालको अन्तिम ११ – काजल श्रेष्ठ, नेरी थापा , सिता राना मगर, इन्दु बर्मा, रुबिना क्षेत्री, करुना भण्डारी, सरिता मगर, सोनु खड्का, कविता कुँवर, ममता चौधरी, रोमा थापा

प्रतियोगिता अन्तर्गत नेपालले फेब्रुअरी २१ मा आयोजक थाईल्याण्ड, फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

 

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy