पारसले विस्फोटक ब्याटिंग गर्दा मलेसिया ७ विकेटले पराजित

Paras Khadka Half century

मलेसियामा सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ।

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र पारस खड्काले २९ रनको ओपनिंग साझेदारी गरे। १७ बलमा ८ रन बनाएर प्रदिप पाँचौ ओभरमा फित्री शामबाट क्याच आउट भए।

दोश्रो विकेटको लागि पारसले ज्ञानेन्द्र मल्लसंग २१ रनको साझेदारी गरे। ज्ञानेन्द्र २० बलमा ७ रन बनाएर १० औं ओभरमा अनवर रहमानबाट बोल्ड हुन पुगे। रोहित पौडेल पनि ४ बलमा १ चौका मदतले ५ रन बनाएर अनवरबाट एलबिडब्लु आउट हुन पुगे। त्यसपछि पनि पारस खड्काले एक किनार सम्हालीरहे र आक्रामक इनिंग खेले।

Paras Khadka
Paras Khadka

११.२ ओभरमा ६८/३ को अवस्थाबाट पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका शरद भेसावकर संग पारसले साझेदारी गरे।

यो बीचमा पारसले टि-२० अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो अर्धशतक पुरा गरे। यस अघि पारसले नेदरल्यान बिरुद्ध २०१५ मा अर्धशतक ( ५४ रन ) बनाएका थिए। टि-२० अन्तर्राष्ट्रियमा पारस पछि सुबास खकुरेल र सन्दिप जोराले मात्र अर्धशतक बनाउन सकेका छन्।

पारस र शरदले अविजित इनिंग खेल्दै नेपाललाई जितसम्म पुर्याए। चौथो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।

पारसले अविजित ८६ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। शरदले २० बलमा १ छक्का मदतले १६ रन बनाए।

पारसले बनाएको ८६ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत रन समेत हो। यस अघि सुवास खकुरेलले अफगानिस्तान बिरुद्ध टि-२० विश्वकप २०१४ मा बनाएको ५६ रन सर्वाधिक थियो जुन रेकर्ड पारसले तोडेका हुन्।

मलेसियाको बलिंगमा अनवर रहमानले २ विकेट ( ४-०-२०-२ ) तथा फित्री शामले १ विकेट ( ४-०-२६-१ ) लिए।

मलेसियाको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो।

मलेसियाको लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ रन ( ४९ बलमा ७ चौका र १ छक्का ) , कप्तान एहमद फैजले ४५ ( ३९ बलमा २ छक्का ) बनाए। फित्री शामले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Karan KC ( Getty Images )

नेपालको बलिंगमा करन केसीले ३ विकेट ( ४-०-२७-३ ) तथा बसन्त रेग्मी ( ४-०-२८-२ ) र सन्दिप लामिछाने ( ४-०-२५-२ ) ले २/२ र सोमपाल कामि ( ३-०-१५-१ ) ले १ विकेट लिए।

नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , प्रदिप ऐरी, सन्दिप लामिछाने, रोहित पौडेल, ललित राजबंशी





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]