मलेसियालाई सहजै पराजित गर्दै नेपालको विजयी सुरुवात, सिताको अल-राउण्ड योगदान

  • विकेटनेपाल, फाल्गुन-७ , मंगलबार 

आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जितसंगै नेपालले २ अंक बटुलेको छ भने मलेसियाको पनि २ खेलमा १/१ जित/हार बेहोर्दा २ अंकनै रहेको छ।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ९२ रन मात्रै बनाउन सकेको हो।

१२७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाको सुरुवात राम्रो हुन सकेन। ओपनर युस्रिना ५ रन बनाएर कविता कुँवरको बलमा बोल्ड हुन पुग्दा जिन यीलाई रोमा थापाले रन आउट गरिन्। दोश्रो विकेट गुमेपछि तेश्रो विकेटको लागि कप्तान दुरासिंगम र क्रिस्टिना बारेटले ४३ रनको साझेदारी गरे।

११ औं ओभरमा करुना भण्डारीले क्रिस्टिनाआई २१ रनको व्यक्तिगत स्कोरमा आफ्नै बलमा आफैले क्याच आउट गरिन्। त्यसपछि लगातार विकेट गुमाएको मलेसियाले दुरासिंगमलाई १८ रनको व्यक्तिगत रनमा गुमाउन पुग्यो जसलाई करुनाले बोल्ड गरिन्। ६ रन बनाएकी मास एल्स्यालाई सरिता मगरले स्टम्प आउट गरिन्।

त्यसपछि मलेसियाले लक्ष्य पछ्याउने ढंगले ब्याटिंग गर्न सकेन। २० ओभरमा उसले ७ विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो। साशाआजमीले अविजित १६ रन बनाए पनि अन्य खेलाडीहरुले खास योगदान दिन सकेनन्।

नेपालको बलिंगमा अफस्पिनरद्वय करुना भण्डारी र सरिता मगरले २/२ विकेट लिए। भण्डारीले ४ ओभरमा १४ रन तथा मगरले ३ ओभरमा १२ रन खर्चिन्। यस्तै कविता कुँवर र सिता राना मगरले १/१ विकेट लिए।

Sarita Magar ( File Photo )

यस अघि थाईल्याण्डको टेर्ड थाई मैदानमा नेपालले खेलमा नेपालले टस जितेर ब्याटिंग गरेको थियो। निर्धारित २० ओभरमा नेपालले ५ विकेट गुमाएर १२६ रनको योगफल तयार गरेको थियो।

नेपालले महिला टि-२० अन्तर्रराष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक टिम योगफल हो। यस अघि गत महिना थाईल्याण्डमा सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपालले इन्डोनेसिया बिरुद्ध पहिले ब्याटिंग गर्दै ११९ रनको योगफल तयार गरेको थियो जुन सर्वाधिक टिम योगफल थियो। टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले १०० रनको योगफल पार गरेको यो तेश्रो अवसर मात्र हो। थाईल्याण्ड टि-२० स्म्यासमा नेपालले युएईसंग १०६ रन बनाएको थियो।

सिता र रुबिनाको उत्कृस्ट ब्याटिंग 

पहिले ब्याटिंग गर्दै राम्रो सुरुवात गर्ने क्रममा नेपालको लागि ओपनर काजल श्रेष्ठ र सिता राना मगरले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। काजल आठौँ ओभरमा १६ रन बनाएर आउट भईन्। उनले २९ बलमा ३ चौका प्रहार गरिन्।

४६ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपाली महिला टिमको लागि चौथो सर्वाधिक साझेदारी हो। गत महिना थाईल्याण्डमा सम्पन्न टि-२० स्म्यासमा सिता राना मगरले इन्दु बर्मासंग दोश्रो विकेटको लागि गरेको ७० रन कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो।

पहिलो विकेट गुमाएपछि सिताले इन्दु बर्मासंग दोश्रो विकेटको लागि २५ रनको साझेदारी गरिन्। इन्दु १३ रन ( १४ बलमा १ चौका ) बनाएर आउट भईन्।

sita rana magar
Sita Rana Magar ( File Photo )

सिता राना मगर ४२ रन बनाएर आउट भईन् जो महिला टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि पहिलो अर्ध बनाउनबाट चुकिन्। यस अघि सिताले गत महिना थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा इन्डोनेसियासंग ४८ रन बनाएर आउट पुगेकी थिईन्। सिताको उक्त स्कोर नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक स्कोर हो भने आजको ४२ रन दोश्रो सर्वाधिक बन्न पुगेको छ।

सिताको विकेट पछि नेपालको इनिंग सम्हाल्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् जुन क्रममा २५ बलमा ३ चौका प्रहार गरिन्। नेरी थापा ६ र ममता चौधरी खाता नखोल्दै आउट हुन पुगे। दुवै रन आउट भए।

मलेसियाको बलिङ्गमा दुराईसिङ्गम, सासा आजमी र जुमिका आजमीले १/१ विकेट लिए।

नेपालको अन्तिम ११ – काजल श्रेष्ठ, नेरी थापा , सिता राना मगर, इन्दु बर्मा, रुबिना क्षेत्री, करुना भण्डारी, सरिता मगर, सोनु खड्का, कविता कुँवर, ममता चौधरी, रोमा थापा

प्रतियोगिता अन्तर्गत नेपालले फेब्रुअरी २१ मा आयोजक थाईल्याण्ड, फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

( फिचर फोटो – फाइल )

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy