नेपालद्वारा मलेसियालाई १४२ रनको लक्ष्य : एसीसी यु-१६ पूर्वी

एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले अफ्नो दोश्रो खेलमा मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर नेपालले ब्याटिंग गर्दै १४१ रन बनाएको छ र मलेसियालाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर दिपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे। दुवै ओपनर १६ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागी कप्तान बिशाल बिक्रम केसी र ऐश भट्टराईले तेश्रो विकेटको ५३ रनको साझेदारी गरे। ऐश ३४ ( ४२ बलमा ५ चौका ) र बिशाल २८ ( ३० बलमा २ चौका ) बनाएर आउट भए।

चौथो विकेट गुमेपछि नेपालले लगातार विकेट गुमायो। सुवास ऐयर ११, रोहण दुधराज ८, प्रशान्त महत ० र प्रशान्त सिंह ६ र तिलक राज भण्डारी २ रन बनाएर आउट भए।

निर्धारित ३५ ओभरको खेलमा नेपालले ३४.५ ओभरमा १४१ रनमा सम्पूर्ण विकेट गुमायो।

मलेसियाको लागि सिद्दार्थ कर्थिकले ४ विकेट लिए जुन क्रममा ६ ओभरमा २८ रन खर्चिए। लोकमान नुर हकिम ( ७-०-२९-२ ) र सचिनु हेट्टीगे ( ५-०-२२-२ ) ले २/२ विकेट लिए।

समुह ‘ए’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरिसकेको छ। २० अप्रिलमा सम्पन्न खेलमा म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेको थियो।

प्रतियोगितामा मलेसियाले पहिलो खेलमा थाईल्याण्डलाई २६ रनले ( डीएल मेथड ) तथा म्यानमारलाई ८ विकेटले पराजित गरिसकेको छ। समुह ‘ए’ को अंकतालिकामा २ जित सहित मलेसिया शिर्ष स्थानमा रहेको छ। आजको खेल जित्दै नेपाललाई अंकतालिकाको शिर्षमा आउने मौका छ।

समुह चरणमा नेपालले अन्तिम खेल भोलि आयोजक थाईल्याण्डसंग खेल्नेछ। नेपालसंगै मलेसिया, म्यानमार र थाईल्याण्ड समुह ‘ए’ मा रहेका छन्। ४ टिमबाट २ उत्कृस्ट टिम सेमीफाइनल पुग्नेछ।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]