नेपालको दोश्रो खेल मलेसियासंग, जित्ने पर्ने दबाब ( अंकतालिका सहित )

२०७६ श्रावण ७, मंगलवार १५:००

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको नेपालले दोश्रो खेल मलेसियासंग खेल्नेछ।

नेपाल र मलेसिया बीचको खेल बुधबार इन्डियन एसोसीएसन मैदानमा खेलिनेछ। खेल नेपाली समय ७:१५ बजे बिहान सुरु हुनेछ।

मलेसियाले १ खेल खेलीसकेको छ। उसले सोमबार कुवेतलाई ४२ रनले पराजित गरेको थियो। नेपाललाई भने पहिलो खेलमा हार पछि आगामी चरण छनौट हुन बाँकी ३ खेल जित्नु पर्ने दबाब बढेको छ। सहभागी ५ टिमबाट एउटा टिम मात्रै अक्टोबरमा युएईमा आयोजना हुने ग्लोबल क्वालिफायर खेल्न छनौट हुनेछ।

दोश्रो दिनको खेल सकिंदासम्म सिंगापुर २ खेलमा ३ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको छ। सिंगापुरले एउटा खेलमा जित हात पार्यो भने आज कुवेतसंगको खेल भने वर्षाको कारण हुन नपाउदा १/१ अंक बाँड्न बाध्य रह्यो। कतारले १ जित र १ हार बेहोर्दै २ अंक सहित तेश्रो स्थानमा रहेको छ। मलेसिया एउटा जित सहित दोश्रो स्थानमा रहेको छ।

नेपाललाई जित्न पर्ने दबाब 

पहिलो खेलमा हारे पछि अब नेपालले विश्वकप ग्लोबल छनौटमा छनौट हुन बाँकी ३ खेलमा जित्नु पर्ने दबाब बढेको छ। बाँकी ३ खेलमा नेपाल जितेमा नेपालको सम्भावना प्रवल हुनेछ। सबै खेल जितेको खण्डमा र अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जित हात पारे नेट रनरेटको आधारमा उत्कृस्ट टिम चयन हुनसक्ने छ।

नेपालले अब जुलाई २४ मा मलेसियासंग, जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ।

मलेसियासंग जित्ने आशा 

जारि प्रतियोगिता अघि मलेसियासंग २ वटा खेलको टि-२० सिरिज खेलेको नेपालले दुवै खेलमा जित हाँसिल गरेको थियो। दोश्रो खेलमा नेपालले ६ रनको जित हाँसिल गर्दा पहिलो खेलमा भने ७ विकेटको सहज जित हाँसिल गरेको थियो।

प्रतियोगितामा मलेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई सहजै पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै मलेसियाले १६२ रन बनाएको थियो र जवाफमा ब्याटिंग गरेको कुवेत १२० रनमा समेटिन पुगेको थियो।

Sharad esawkar, Rohit Paudel

मलेसियाको ब्याट्सम्यानहरु लयमा आउनु नेपालको लागि खतरा हुन सक्छ। टि-२० सिरिजमा पनि दोश्रो टि-२० मा मलेसियन ब्याट्सम्यानहरुले नेपालको जित खोस्न खोजेका थिए। झनै सिंगापुरको छोटो बाउन्ड्री भएको मैदानमा मलेसियाका ब्याट्सम्यानहरु खतरनाक सावित हुन सक्नेछन्।

नेपालको भने परम्परानै बनेको ब्याटिंग कमजोरी मलेसियासंग सुधार हुनु पर्नेछ।  कतारसंग १२२ रनमा समेटीएपछि अब दोश्रो खेलमा भने ब्याट्सम्यानहरुले गल्ति दोहोर्याउन पाउनेछैनन्। कतारसंग ६ जना बलर लिएर खेलेको नेपाली टिमले पवन सर्राफ, रोहित पौडेल मध्ये १ खेलाडीलाई दोश्रो खेलमा खेलाउन सक्नेछ।

मलेसियासंग नेपालले हालसम्म ६ वटा टि-२० खेलेको छ भने २ वटा टि-२० अन्तर्राष्ट्रिय मान्यता पाएको खेल खेलेको छ। त्यसमध्ये एउटा खेलमा बाहेक नेपालले सबै खेलमा जित हाँसिल गरेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy