बिनोद भण्डारीले विस्फोटक अर्धशतक बनाउदा नेपालको कीर्तिमानी योगफल

नेपाल र मलेसिया बीच २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो टि-२० अहिले जारि छ। पहिलो टि-२० मा ७ विकेटको जित निकालेको नेपालले दोश्रो टि-२० जिते यो नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ।

किनरारा ओभल मैदानमा टस जितेर नेपालले ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको छ। टि-२० अन्तर्रराष्ट्रियमा नेपालको यो सर्वाधिक योगफल हो । यस अघि नेपालले सन् २०१४ टि-२० विश्वकपमा हंगकंगसंग १४९ रन बनाएको थियो।

प्रदिप ऐरीको सट्टा ओपनिंगमा आएका पवन सर्राफ र पारस खड्काले पहिलो विकेटको लागि ३४ रनको साझेदारी गरे। पाँचौ ओभरमा सर्राफ रन आउट हुन पुगे जस अघि उनले ११ बलमा २ चौका मदतले १० रन बनाए।

पवनको विकेट पछि ज्ञानेन्द्र मल्लले १ छक्का प्रहार गरे पनि फित्री शामलाई ठुलो सट खेल्ने चक्करमा विकेट दिन पुगे। ३ बलमा उनले ७ रन बनाए। अघिल्लो खेलमा पनि ज्ञानेन्द्र ७ रनमै आउट भएका थिए।

ज्ञानेन्द्रको विकेट लगत्तै अर्को बलमा पारस खड्का पनि फित्रीको बलमा क्याच आउट हुन पुगे। १९ बलमा पारसले २ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाए। ४२/३ पुगेको नेपालको योगफललाई त्यसपछि शरद भेसावकर र रोहित पौडेलले अघि बढाए।

Sharad Vesawkar
Sharad Vesawkar

१३ औं ओभरको पहिलो बलमा रोहितको क्याच बाउन्ड्रीमा मलेसिया फिल्डरले छुटाउन पुगे जति बेला उनि १४ रनमा थिए। तर रोहितले त्यसको धेरै फाइदा उठाउन सकेनन् र सोहि ओभरमा सयद अजिजबाट क्याच आउट हुन पुगे। २३ बलमा उनले १९ रन बनाए। दुवैले ४६ रनको साझेदारी गरे।

त्यसपछि ब्याटिंग गर्न आएका बिनोद भण्डारीले आक्रामक सटहरु खेल्दै शरदलाई साथ दिए। शरदलाई १६ औं ओभरमा मुनिएन्डीले क्याच आउट गरे जसले २८ बलमा ४ चौका र २ छक्का मदतले ४० रन बनाए। टि-२० अन्तर्राष्ट्रियमा शरदको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। उनले यस अघि २०१४ टि-२० विश्वकपमा पनि बंगलादेशसंग ४० रननै बनाएका थिए।

शरदको विकेट पछि करन केसीले १० बलमा १ चौका र १ हकका प्रहार गर्दै १६ रन बनाए। उनि लंग अनमा क्याच आउट भए।

त्यस पछि बिनोद भण्डारीले आक्रामक ब्याटिंग गर्दै नेपालको इनिंग अन्त्य गरे। इनिंगको अन्तिम बलमा उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पनि पुरा गरे। उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिनोदको यो पहिलो अर्धशतक हो। टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने बिनोद पारस खड्का, सन्दिप जोरा र सुबास खकुरेल पछि चौथो ब्याट्सम्यान बनेका छन्।

मात्र २५ बलमा अर्धशतक पुरा गर्दै बिनोद  टि-२० अ. मा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान समेत बनेका छन्। मलेसियासंग अघिल्लो खेलमा पारस खड्काले ३२ बलमा अर्धशतक बनाएका थिए।

बिनोद भण्डारी – २५ बल ( बिरुद्ध मलेसिया २०१९ ) , पारस खड्का – ३२ बल ( बिरुद्ध मलेसिया २०१९ )  पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ ) , सुबास खकुरेल – ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

मलेसियाको बलिंगमा फित्री शामले ३ विकेट ( ३-०-२६-३ ) , सयद अजिज ( ४-०-२४-१ ) र एस मुनिएन्डीले ( ४-०-३९-१ ) १ विकेट लिए ।

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]