मलेसिया बिरुद्ध विशाल जितमा बनेका ९ कीर्तिमान

नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत आयोजक नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा मलेसियालाई ९ विकेटले सहजै पराजित गर्यो। मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले मात्र १ विकेट क्षेतीमा १२.१ ओभरमै भेटायो। मलेसिया बिरुद्ध नेपालले जित दर्ता गर्दा बनेका टि-२० अन्तर्राष्ट्रिय कीर्तिमानहरुको चर्चा यस लेखमा गरेका छौँ –

१. लगातार अर्धशतकको कीर्तिमान

अघिल्लो नेदरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेलले डेब्युमै ६२ रन बनाए। लगातार दोश्रो अर्धशतक बनाउने क्रममा कुशलले मलेसिया बिरुद्ध अविजित ६१ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाली ब्याट्सम्यानहरुले लगातार दुई खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन्। कुशल लगातार दुई टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

२. सर्वाधिक स्ट्राइक रेट र औशत 

दुई वटा टि-२० अन्तर्राष्ट्रियमा कुशल भुर्तेलले १२३ को औशत र १४१ को स्ट्राइक रेटले १२३ रन बनाएका छन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय भन्दा बढी रन बनाउने नेपाली ब्याट्सम्यानहरु मध्ये कुशलको स्ट्राइक रेट र औशत सर्वाधिक हो। कुशल पछि दोश्रो उत्कृस्ट स्ट्राइक रेट करन केसीको रहेको छ जसले ३० खेलको १८ इनिंग्समा १३४.८१ को स्ट्राइक रेटले १८२ रन बनाएका छन्। भुर्तेल पछि दोश्रो उत्कृस्ट औशत भने पारस खड्काको रहेको छ जसले ३३ खेलको ३२ इनिंग्समा ब्याटिंग गर्दै २७.५५ को औशतले रन बनाएका छन्।

३. लगातार शतकीय साझेदारीको रेकर्ड 

नेदरल्याण्ड बिरुद्ध ११६ रनको ओपनिंग साझेदारी गरेका कुशल र आसिफले मलेसियासंग पनि १०२ रनको ओपनिंग साझेदारी गरे। लगातार दुइ खेलमा शतकीय साझेदारी गर्ने आसिफ र कुशल पहिलो नेपाली ब्याट्सम्यान हुन्। यस्तै टि-२० अन्तर्राष्ट्रिय डेब्यु पछि लगातार खेलमा शतकीय साझेदारी गर्ने कुशल र आसिफ विश्वकै पहिलो ब्याट्सम्यान हुन्। यस्तै दुईवटा शतकीय साझेदारी गर्ने रेकर्ड पनि आसिफ र कुशलले बनाएका छन्। यस अघि अन्य नेपाली ब्याटिंग जोडीले एक भन्दा बढी शतकीय साझेदारी गर्न सकेका थिएनन्।

४. तेश्रो ठुलो ओपनिंग साझेदारी 

कुशल र आसिफले मलेसिया बिरुद्ध गरेको १०२ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि नेपालको चौथो ठुलो साझेदारी हो। यस्तै पहिलो विकेटको लागि यो तेश्रो ठुलो साझेदारी हो। पहिलो विकेटको लागि आसिफ र कुशलले अघिल्लो खेलमा नेदरल्याण्ड बिरुद्ध ११६ रनको साझेदारी सर्वाधिक हो भने पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटान बिरुद्ध २०१९ मा गरेको १०८ रनको दोश्रो ठुलो साझेदारी हो।

५. दुईवटा अर्धशतक बनाउने चौथो ब्याट्सम्यान

पारस खड्का, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्ल पछि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई वटा ५० माथिको स्कोर बनाउने कुशल भुर्तेल चौथो ब्याट्सम्यान बनेका छन्। टि-२० अन्तर्राष्ट्रियमा पारस खड्काले सर्वाधिक ५ पटक ५० माथिको व्यक्तिगत स्कोर बनाएका छन्। ज्ञानेन्द्र, बिनोद र कुशलले समान दुई पटक ५० माथिको स्कोर बनाएका छन्। पारस र ज्ञानेन्द्र मात्र शतक माथिको व्यक्तिगत स्कोर बनाउन सकेका छन्।

६. पावरप्लेमा दोश्रो सर्वाधिक रन 

मलेसिया बिरुद्ध नेपालले पहिलो पावरप्लेको ६ ओभरमा विकेट नगुमाई ७० रन बनायो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो ६ ओभरमा बनाएको दोश्रो धेरै रन हो। पावरप्लेमा नेपालको सर्वाधिक रन भुटान बिरुद्धको ८१ रन हो जुन नेपालले २०१९ को साग गेम्समा बनाएको थियो। अघिल्लो खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध पहिलो ६ ओभरमा ६६ रन बनाएको थियो जुन तेश्रो सर्वाधिक हो

७. दोश्रो ठुलो जित

धेरै बल बाँकी रहेको आधारमा मलेसिया बिरुद्ध नेपालको जित टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै दोश्रो ठुलो जित हो। बल बाँकी रहेको आधारमा नेपालको सबैभन्दा ठुलो जित थाइल्याण्ड बिरुद्ध रहेको छ।२०२० एसीसी टि-२० इस्टर्न रिजनमा नेपालले ८७ बल बाँकी रहँदै थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछ्याएको थियो। अघिल्लो खेलमा नेदरल्याण्ड बिरुद्ध नेपालले ३० बल बाँकी छदै जित दर्ता गरेको थियो जुन तेश्रो ठुलो जित हो।

मलेसिया बिरुद्ध ९ विकेटको जित टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको संयुक्तरुपमा सबैभन्दा ठुलो जित हो। हाल सम्म नेपालले १० विकेटले टि-२० अन्तर्राष्ट्रिय जित दर्ता गरेको छैन। ९ विकेटले यस अघि नेपालले अघिल्लो खेलमा नेदरल्याण्डलाई तथा त्यस अघि थाइल्याण्ड र सिंगापुरलाई पराजित गरेको थियो।

८. मलेसिया बिरुद्ध सबैभन्दा ठुलो जित 

नेपालसंग ९ विकेटको हार मलेसियाको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमै विकेट र बल बाँकी रहेको आधारमा सबैभन्दा ठुलो हार हो। मलेसीयाले यस अघि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो हार बेहोरेको सिंगापुर बिरुद्ध ८ विकेटको हार थियो जुन उसले ४० बल बाँकी रहँदै जितेको थियो। सिंगापुरलाई पछि पार्दै नेपालले मलेसियालाई ४७ बल बाँकी रहँदै ९ विकेटले पराजित गरेर मलेसिया बिरुद्ध सबैभन्दा ठुलो अन्तरको जित दर्ता गरेको हो।

९. मलेसिया बिरुद्ध सन्दिपको कीर्तिमान

आजको खेलमा २ विकेट लिंदै सन्दिप लामिछाने मलेसिया बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त रुपमा सर्वाधिक विकेटकर्ता भएका छन्। सन्दिपले मलेसिया बिरुद्ध ५ खेलमा १० विकेट लिएका छन् भने हंगकंगका फास्ट बलर ऐजाज खानले पनि ६ खेलमा समान १० विकेटनै लिएका छन्। यस्तै ५ खेलमा मलेसिया बिरुद्ध ९ विकेट लिएका करन केसी संयुक्त रुपमा मलेसिया बिरुद्ध दोश्रो सर्वाधिक विकेटकर्ता हुन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nep-vs-mal-news-3rd-m-wn21/

https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/

https://wicketnepal.com/ipl-m11th-dc-vs-pk-result-wn21/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]