महिला टि-२० विश्वकप छनोट : रोमान्चक खेलमा नेपालद्वारा मलेसिया पराजित

nepal womens cricket team

रोमान्चक खेलमा घरेलु टोलि मलेसियालाई ५ रनले पराजित गर्दै नेपालले महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

हेर्नुस स्कोरकार्ड 

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमेर ७९ रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा ७० रनमा मात्र ३ विकेट गुमाएको अवस्थाबाट नेपालले खेलमा उत्कृस्ट पुनरागमन गर्दै जित दर्ता गर्यो। सत्रौं ओभरमा अफ स्पिनर कविता जोशीको ओभरमा मलेसियाले एउटा रन आउट सहित २ विकेट गुमायो भने मात्र २ रन मात्र बनाउन सक्यो। २८ रन बनाएकी विन्फ्रेड दुराईसिंगम मिड विकेटमा क्याच आउट भईन्।

अन्तिम ३ ओभरमा जित्न १८ रन आवस्यक हुँदा मलेसियासंग पाँच विकेट बाँकी थियो। अठारौं ओभरमा इन्दु बर्माले मात्र २ रन खर्चिन्। उन्नाईसौं ओभरमा कविता जोशीले गरेको ओभरमा पुनः मलेसियाले एक रन आउट सहित दुई विकेट गुमायो।अन्तिम ओभरमा जित्न १० रन आवस्यक रह्यो जुन अवस्थामा कविता कुँवरको ओभरमा मलेसियाले थप २ विकेट गुमाएर ४ रन मात्र बनाउन सक्यो।

नेपालको बलिंगमा कविता कुँवर ( ४-०-१०-२ ) र कविता जोशीले ( २-०-५-२ ) समान दुई विकेट हात पारिन् भने रुबिना क्षेत्री र अश्मिना कर्माचार्यले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो।

नेपालको लागि सिता राना मगरले सर्वाधिक ३८ रन बनाईन् जुन क्रममा ५४ बलमा १ चौका प्रहार गरिन्। अप्सरी बेगमले १७ तथा रुबिना क्षेत्रीले १२ रन बनाईन्।

खराब सुरुवात गरेको नेपालले खाता नखोल्दै पहिलो ३ बलमा ३ विकेट गुमाएको थियो। त्यसपछि सिता राना मगरले अन्तिम सम्म ब्याटिंग गर्दै प्रतिस्पर्धात्मक योगफलसम्म नेपाललाई पुर्याईन्। छैठौं विकेटको लागि सिताले अप्सरीसंग ५१ रनको साझेदारी गरिन्। मलेसियाको बलिंगमा आइना हमिजाले २ विकेट लिईन्।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल शुक्रबार बहराईनसंग भोलि खेल्नेछ। सेलाङ्गोर टर्फ क्लब, क्वालालम्पुरमा हुने खेल नेपाली समय ११:१५ बजे सुरु हुनेछ।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहबाट शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुई टिमले आगामी वर्ष टि-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]