एसीसी यु-१९ पूर्वी सेमीफाइनलमा नेपाल र मलेसिया खेल्दै, यस्तो छ अन्तिम ५ खेलको नतिजा

मलेसियामा जारि एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगता अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले सेमीफाइनलमा आयोजक मलेसियासंग खेल्दैछ।

जुलाई ८ सोमबार हुने खेल नेपाली समय ७:४५ बजे बिहान किनरारा ओभल मैदानमा खेलीदैछ। सोमबारनै दोश्रो सेमीफाइनलमा हंगकंग र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्।

समुह चरणमा नेपालले चिन र सिंगापुरलाई सहजै पराजित गर्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको हो। मलेसिया समुह ‘बि’ को उप-विजेताको रुपमा सेमीफाइनल पुगेको हो। उसले ३ खेलमा २ जित र १ हार बेहोर्ने क्रममा भुटान र थाईल्याण्डसंग जित तथा हंगकंगसंग हार बेहोर्यो।

मलेसियासंग इतिहास 

नेपाल र मलेसिया अन्डर-१९ स्तरमा सबैभन्दा धेरै भेट भएका टोलि हुन्। सन् १९९७ को युथ एसिया कपमा दुई टिम बीच पहिलो पटक भेट भएको थियो जसपछि हालसम्म एक-अर्का बीच १६ पटक प्रतिस्पर्धा गरिसकेका छन्।

प्रतिस्पर्धा धेरै पटक भए पनि नतिजा भने सधै नेपालकै पक्षमा रहँदै आएको छ। १६ पटकमा मात्र १ पटक नेपाली युवा टिम मलेसियासंग पराजित हुनुपरेको छ।

मलेसियामै आयोजित सन् २०१४ को एसीसी अन्डर-१९ इलाइट कप अन्तर्गत तेश्रो स्थानको लागि भएको खेलमा नेपाल ६ विकेटले पराजित भयेको थियो। उक्त खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ४४ ओभरमा ११५ रनमा सबै विकेट गुमाएको थियो। मलेसियाले ३८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नेपाल Vs मलेसिया : पछिल्लो ५ खेलको नतिजा र म्याच समरी  

आईसीसी यु-१९ विश्वकप छनौट २०१९ अप्रिल , मलेसिया :  नेपाल ८ विकेटले विजयी

टस हारेर ब्याटिंग गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमै अलआउट भएको थियो। नेपालले १३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट तथा रित गौतमले अविजित ३९ रन बनाएका थिए। स्कोरकार्ड 

एसीसी अन्डर-१९ एसिया कप २०१७ नोभेम्बर, मलेसिया : नेपाल ८ विकेटले विजयी

टस हारेर ब्याटिंग गरेको मलेसियाले १५.३ ओभरमा ४५ रनमा सबै विकेट गुमाउन पुगेको थियो। ५.२ ओभरमा २ विकेट गुमाएर नेपालले लक्ष्य पुरा गर्यो। सन्दिप लामिछानेले ५ तथा शाहब आलम र दिपेन्द्र ऐरीले २/२ विकेट लिएका थिए। स्कोरकार्ड 

Sandeep Lamichhane
Sandeep Lamichhane

आईसीसी यु-१९ विश्वकप छनौट एसिया २०१७ जुलाई, सिंगापुर : नेपाल ५ विकेटले विजयी

टस हारेर ब्याटिंग गरेको मलेसिया ३५.१ ओभरमा ८९ रनमा समेटिन पुगेको थियो। २२.५ ओभरमा ५ विकेट गुमाएर नेपालले लक्ष्य पुरा गर्यो।  सन्दिप लामिछानेले एक्लैले ७ विकेट लिएका थिए। स्कोरकार्ड 

आईसीसी यु-१९ विश्वकप छनौट एसिया २०१७ जुलाई, सिंगापुर : नेपाल ५ विकेटले विजयी

टस हारेर ब्याटिंग गरेको मलेसियाले २५.५ ओभरमा ५८ रन मात्रै बनाउन सकेको थियो। ९.५ ओभरमा नेपालले ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सन्दिप लामिछानेले ५ विकेट तथा पवन सर्राफले ३ विकेट लिएका थिए।  स्कोरकार्ड 

Pawan Sarraf
Pawan Sarraf

एसीसी यु-१९ एसिया कप २०१६ डिसेम्बर, श्रीलंका : नेपाल १ विकेटले विजयी

रोमान्चक खेलमा टस जितेर नेपालले बलिंग रोजेपछि ब्याटिंग गरेको मलेसियाले ४४.४ ओभरमा १५३ रन बनाएको थियो। नेपालले ९ विकेट गुमाएर ४४.४ ओभरमा लक्ष्य पुरा गर्यो।

८० रनमा ६ विकेट गुमीसकेको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका अनिल साहले ३२ तथा दशौ नम्बरमा ब्याटिंग गर्दै पवन सर्राफले अविजित २९ रन बनाउदै जित दिलाएका थिए। बलिंगमा आदील खानले ३ तथा सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले २/२ विकेट लिएका थिए। स्कोरकार्ड 

 





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]