एसीसी यु-१६ पूर्वी फाइनल – नेपालद्वारा मलेसियालाई १४१ रनको लक्ष्य

थाईल्याण्डमा जारि एसीसी अन्डर-१६ ( पूर्वी ) प्रतियोगिताको फाइनलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित ३५ ओभरमा १४० रन बनाएको छ र मलेसियालाईइ १४१ रनको लक्ष्य दिएको छ।

नेपालको सुरुवात राम्रो हुन सकेन। सुशान्त थापा ५, अइस भट्टराई ५ रन बनाएर आउट भए । १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाएका दिपक बोहरा पनि आउट हुँदा नेपाल ३३/३ को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि कप्तान बिशाल बिक्रम केसी र प्रशान्त महतले चौथो विकेटको लागि ३५ रनको साझेदारी गरे। बिशाल १७ रन बनाएर आउट भए।

त्यसपछि एक प्रशान्त महतले एक किनार सम्हालीरहे पनि नेपालले लगातार विकेट गुमायो। रोहण दुधराज ९, बिशाल कुमार पटेल २, कृश कार्की ९ , निखिल कुमार १३ रन बनाएर आउट भए। तिलक राज भण्डारीले अविजित ८ र रमेश कुर्मीले अविजित २ रन बनाए।

प्रशान्तले नेपालको लागि सर्वाधिक ४० रन बनाए जुन क्रममा ६७ बलमा ५ चौका प्रहार गरे।

नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रनको योगफल तयार गर्यो।

कसिलो बलिंग गरेको मलेसियाको लागि बलिंगमा सचिनु हेट्टीगेले सर्वाधिक ३ विकेट ( ७-०-१४-३ ) लिए भने जिनेन्द्र मुरलीले २ विकेट ( ७-२-३१-२ ) लिए।

प्रतियोगिताको समुह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरिसकेको छ। उक्त खेलमा नेपाल  ३९ रनले विजयी भएको थियो। नेपालले पहिले ब्याटिंग गर्दै १४१ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा १०२ रनमा समेटिएको थियो।

समूह चरणमा एकै समुहमा रहेको नेपाल समुह विजेता र मलेसिया उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। नेपालले सेमीफाइनलमा हंगकंगलाई तथा मलेसियाले सिंगापुरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

नेपालले सन् २०१७ को एसीसी यु-१६ ( पूर्वी ) प्रतियोगिताको उपाधि जित्ने क्रममा सिंगापुरलाई पराजित गरेको थियो।

खेलको फोटोहरु – 





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]