एसीसी यु-१६ पूर्वी फाइनल – नेपालद्वारा मलेसियालाई १४१ रनको लक्ष्य

थाईल्याण्डमा जारि एसीसी अन्डर-१६ ( पूर्वी ) प्रतियोगिताको फाइनलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित ३५ ओभरमा १४० रन बनाएको छ र मलेसियालाईइ १४१ रनको लक्ष्य दिएको छ।

नेपालको सुरुवात राम्रो हुन सकेन। सुशान्त थापा ५, अइस भट्टराई ५ रन बनाएर आउट भए । १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाएका दिपक बोहरा पनि आउट हुँदा नेपाल ३३/३ को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि कप्तान बिशाल बिक्रम केसी र प्रशान्त महतले चौथो विकेटको लागि ३५ रनको साझेदारी गरे। बिशाल १७ रन बनाएर आउट भए।

त्यसपछि एक प्रशान्त महतले एक किनार सम्हालीरहे पनि नेपालले लगातार विकेट गुमायो। रोहण दुधराज ९, बिशाल कुमार पटेल २, कृश कार्की ९ , निखिल कुमार १३ रन बनाएर आउट भए। तिलक राज भण्डारीले अविजित ८ र रमेश कुर्मीले अविजित २ रन बनाए।

प्रशान्तले नेपालको लागि सर्वाधिक ४० रन बनाए जुन क्रममा ६७ बलमा ५ चौका प्रहार गरे।

नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रनको योगफल तयार गर्यो।

कसिलो बलिंग गरेको मलेसियाको लागि बलिंगमा सचिनु हेट्टीगेले सर्वाधिक ३ विकेट ( ७-०-१४-३ ) लिए भने जिनेन्द्र मुरलीले २ विकेट ( ७-२-३१-२ ) लिए।

प्रतियोगिताको समुह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरिसकेको छ। उक्त खेलमा नेपाल  ३९ रनले विजयी भएको थियो। नेपालले पहिले ब्याटिंग गर्दै १४१ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा १०२ रनमा समेटिएको थियो।

समूह चरणमा एकै समुहमा रहेको नेपाल समुह विजेता र मलेसिया उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। नेपालले सेमीफाइनलमा हंगकंगलाई तथा मलेसियाले सिंगापुरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

नेपालले सन् २०१७ को एसीसी यु-१६ ( पूर्वी ) प्रतियोगिताको उपाधि जित्ने क्रममा सिंगापुरलाई पराजित गरेको थियो।

खेलको फोटोहरु – 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy