नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल र नेदरल्याण्डले यस अघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ। खेलमा मलेसिया सिरिजको पहिलो जितको खोजिमा हुनेछ भने नेपाल फाइनल अघि जितको लय चाहन्छ।
सिरिजमा यस अघि भएको नेपाल र मलेसिया बीचको खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो। मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको लागि ब्याटिंगमा कुशल भुर्तेलले ६१ र आसिफ शेखले ४२ रन बनाएका थिए भने बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले ३ विकेट तथा सन्दिप लामिछानेले २ विकेट लिएका थिए।
मलेसियासंग परिवर्तन होला अन्तिम ११ ?
मलेसियासंगको खेलको नतिजा महत्वपूर्ण नरहेकोले आज नेपाली टिमले अन्तिम-११ मा परिवर्तन गर्ने सम्भावना रहेको छ। हालसम्म देब्रे हाते स्पिनर सुशन भारि, ब्याट्सम्यान सन्दिप जोरा, फास्ट बलर कमल सिंह ऐरीले अन्तिम-११ मा मौका पाएका छैनन्। मध्यम प्रदर्शन गरिरहेका शाहब आलमको स्थानमा सुशन भारिले मलेसिया बिरुद्ध मौका पाउन सक्छन्।
पहिलो खेलमा नेदरल्याण्डसंग मौका पाएता पनि ब्याटिंग गर्न नपाएका आरिफ शेखलाई पनि त्यसपछि अन्तिम-११ बाट बाहिर राखिदै आएको छ। आरिफ या सन्दिप जोराले मौका पाउन एक जना ब्याट्सम्यानलाई बाहिर राख्नु पर्ने हुन्छ। विकेटकिपरको भूमिका आसिफ शेखले निभाउन सक्ने हुँदा बिनोद भण्डारीलाई बाहिर राखेर आरिफ या जोराले मौका पाउन सक्छन्।
तर मलेसिया अप्रत्यासित नतिजा ल्याउन सक्ने टिम हुँदा नेपालले अन्तिम-११ मा धेरै परिवर्तन गरेर जोखिम मोल्न भने चाहदैन। शनिवार हुने फाइनल अघि मलेसियालाई पराजित गर्दै नेपाल जितको लय प्राप्त गर्न चाहन्छ। मलेसियाले नेदरल्याण्डलाई बराबरीमा रोक्दै आश्चर्यजनक नतिजा निकालेका कारण पनि नेपाल जोखिम लिने मुडमा पक्कै हुने छैन त्यसैले आफ्नो सबैभन्दा बलियो ११ लिएर मैदानमा उत्रनेछ।
यो पनि पढ्नुस
https://wicketnepal.com/nep-vs-mal-rep-m5-tri-ser/
https://wicketnepal.com/ipl-14-m15-report-wn21/
https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/