कुशलको आक्रामक अर्धशतक, मलेसिया बिरुद्ध नेपालको विशाल जित

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर १२.१ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले लगातार दोश्रो खेलमा शतकीय ओपनिंग साझेदारी गरे। १०२ रनको साझेदारी गरेपछि आसिफ १२ औं ओभरमा भिरनदिप सिंहबाट क्याच आउट भए। जस अघि आसिफले २९ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ रन बनाए।

त्यसपछि कुशल र दिपेन्द्र ऐरीले नेपाललाई जितसम्म पुर्याए। लगातार दोश्रो अर्धशतक बनाएका कुशलले अविजित ६१ रन बनाए जुन क्रममा ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। विजयी रन प्रहार गरेका दिपेन्द्रले ३ बलमा १ चौका मद्दतले ६ रन बनाए।

कुशलले बनाएको अर्धशतक टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको पहिलो लगातार अर्धशतक हो। लगातार दुई खेलमा नेपाली ब्याट्सम्यानले यस अघि अर्धशतक बनाउन सकेका थिएनन्।

यस अघि टस हारेर ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको थिय। मलेसियाको लागि सयद अजिजले सर्वाधिक २७ रन, शर्भिन मुनिएन्डीले २० रन तथा शफिक शरिफले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट ( ३-०-१७-३ ) , सन्दिप लामिछानेले २ विकेट ( ३.५-०-२५-२ ) तथा सोमपाल कामि ( ३-०-१३-१ ) , दिपेन्द्र ऐरी ( १-०-७-१ ) , शाहब आलम ( ३-०-२०-१ ) र कुशल मल्ल ( २-०-१५-१ ) ले समान १ विकेट लिए।

नेपालले सिरिज अन्तर्गत आगामी खेल नेदरल्याण्डसंग मंगलबार खेल्ने तालिका रहेको छ।

धेरैले पढेको 

नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल

IPL : धवनले उत्कृस्ट ब्याटिंग गर्दा दिल्लीको दोश्रो जित

हारपछि नेदरल्याण्ड कप्तानले नेपालको यसरी गरे तारिफ





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]