६ महिना पछि बल्ल नेपालले अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने पक्का

यसै वर्ष जनवरी/फेब्रुवरीमा युएईसंग खेलेको टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको ६ महिना पछि नेपालले बल्ल अर्को टि-२० सिरिज खेल्ने भएको छ।

युएईसंग नेपालले एकदिवसीय र टि-२० सिरिज खेल्ने क्रममा दुवै सिरिज २-१ ले जित्दै इतिहास रचेको थियो। ऐतिहासिक सिरिज जितको सफलता पछि नेपालले अर्को सिरिज खेल्न लामो प्रतीक्षा गर्नुपर्यो।

नेपाल र मलेसियाले जुलाई २० देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्दै छ। त्यस प्रतियोगिताको तयारी स्वरूप दुई टिमले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्न लागेको हो।

नेपाल र मलेसिया आईसीसी र एसिसिको प्रतियोगिताहरुमा लामो समय देखि खेल्दै आए पनि सिरिज खेल्न लागेको भने योनै पहिलो पटक हो। सिरिज हुन लागेको मलेसियन क्रिकेट एसोसीएसनले आफ्नो फेसबुक पेज मार्फत घोषणा गरेको हो।

१३ र १४ जुलाईमा मलेसियाको किनरारा ओभल मैदानमा २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलिनेछ। दुवै खेल मलेसियन समय विहान १० बजे अर्थात् नेपाली समय बिहान ७:४५ बजे सुरु हुनेछ।


सिरिजको दुवै खेल मलेसियन क्रिकेट एसोसिएसनले आफ्नो सामाजिक संजालमार्फत प्रत्यक्ष प्रशारण समेत गर्ने घोषणा गरेको छ।

नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले पनि सिरिजको पुस्टि गरेका छन्। सिरिजको मिति तय भए सीरिजको लागि नेपाली टिम मलेसिया प्रस्थान गर्ने मिति भने तय नभएको शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए।

नेपालले र मलेसियाले हालसम्म टि-२० अन्तर्राष्ट्रिय खेलेको छैन। अन्तिम पटक गत वर्ष आईसीसी टि-२० विश्वकप छनौट एसिया ‘बि’ क्वालिफायर अन्तर्गत नेपाल र मलेसिया आमने-सामने भएका थिए। उक्त खेलमा नेपाल ८ विकेटले सहजै विजयी भएको थियो।

हालसम्म नेपाल र मलेसियाले इतिहासमा मात्र ४ वटा टि-२० खेलेको छ जसमा नेपाल ३ पटक र मलेसिया १ पटक विजयी रहेको छ। सन् २००९ एसीसी टि-२० मा मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो भने सन् २००७ एसीसी टि-२० मा नेपाल २१ रनले , सन् २०१३ एसीसी टि-२० मा नेपाल १९ रनले तथा सन् २०१८ टि-२० विश्वकप छनौटमा नेपाल ८ विकेटले विजयी भएको थियो।

Paras Khadka, Gyanendra Malla
गत वर्ष नेपालले मलेसियासंग टि-२० खेलेको थियो जसमा नेपाल सहजै विजयी भएको थियो

नेपाली क्रिकेट टिम हाल टियु मैदान किर्तिपुरमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) को तयारीमा व्यस्त रहेको छ। टिमलाई नवनियुक्त प्रशिक्षक उमेश पटवालले प्रशिक्षण गराइरहेका छन्।

प्रतियोगिताको लागि बन्दसत्रमा २५ सदस्यीय खेलाडीको घोषणा गरिएको थियो। कुशल भुर्तेल, अमित श्रेष्ठ, नन्दन यादब, राजु रिजाल, शाहब आलम, सुशन भारि जस्ता खेलाडीहरु पनि टिममा छन्।

प्रारम्भिक नेपाली टिम :-

पारस खड्का ( कप्तान ) , अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, नन्दन यादब, पवन सर्राफ, प्रदिप एरि, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शाहब आलम, शरद भेसावकर, सोमपाल कामि, सन्दिप जोरा, सुशन भारि

मलेसियासंग १३ र १४ जुलाईमा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाल टि-२० विश्वकप छनौट एसिया फाइनल खेल्न सिंगापुर प्रस्थान गर्नेछ। नेपाल सहित आयोजक सिंगापुर, कतार, कुवेत, मलेसिया सहभागी रहेका छन्।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

टि-२० विश्वकप २०२० कसरि छनौट हुन्छ नेपाल ?

टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।

ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले विश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।

कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]