मलेसिया बिरुद्ध नेपाल ब्याटिंग गर्दै, कमल सिंह ऐरीले डेब्यु गर्ने

२०७८ बैशाख ९, बिहीबार १३:०८

Kamal Singh Airee

नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्।

खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।

नेपालले आज अन्तिम-११ मा शाहब आलम र अविनाश बोहरालाई समाबेश गरेको छैन। बोहराको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले मौका पाएका छन् जसले आज टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने छन्। यस्तै शाहब आलमको स्थानमा अर्का देब्रे हाते स्पिनर सुशन भारिले मौका पाएका छन्। आरिफ शेख, सन्दिप जोरा आज पनि बाहिर बस्नेछन्।

Nepal Playing XI : Gyanendra Malla ( c ) , Dipendra Airee, Binod Bhandari ( wk ) , Sompal Kami, Karan KC, Sandeep Lamichhane, Aasif Sheikh, Kushal Bhurtel, Sushan Bhar, Kamal Singh Airee, Kushal Malla

Malaysia : Syed Aziz, Anwar Arudin, Virandeep Singh(w), Aminuddin Ramly, Ahmad Faiz(c), Sharvin Muniandy, Anwar Rahman, Fitri Sham, Ainool Hafizs, Dhivendran Mogan, Muhammad Wafiq

Malaysia Playing XI :

नेपाल र नेदरल्याण्डले यस अघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ। खेलमा मलेसिया सिरिजको पहिलो जितको खोजिमा हुनेछ भने नेपाल फाइनल अघि जितको लय चाहन्छ।

सिरिजमा यस अघि भएको नेपाल र मलेसिया बीचको खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो। मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको लागि ब्याटिंगमा कुशल भुर्तेलले ६१ र आसिफ शेखले ४२ रन बनाएका थिए भने बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले ३ विकेट तथा सन्दिप लामिछानेले २ विकेट लिएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-14-m15-report-wn21/

https://wicketnepal.com/gyanendra-mall-abuout-18th-ov-wn21/

https://wicketnepal.com/rizwan-qadir-utkrist-pak-win-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy