वुमेन्स टी २० स्म्यास : सरिता मगरको उत्कृस्ट बलिङ्ग, नेपाललाई ६२ रनको लक्ष्य

  • विकेटनेपाल, पुष २९ – आइतबार 

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपाल मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ। शनिवार सम्पन्न खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा सरिता मगरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि नेपालले जितका लागि ६२ रनको लक्ष्य पाएको छ।

नेपालको कसिलो बलिङ सामु टिक्न नसकेको मलेसिया ३ बल अगावै ६१ रनमा अलआउट भयो।

जारि खेलमा टस जितेर ब्याटिंग गरेको मलेसियाको सुरुवात राम्रो हुन सकेन। ओपनर इलियानी रहिम खाता नखोल्दै दोश्रो ओभरमा कविता कुँवरको बलमा क्याच आउट भइन्। त्यसपछि दोश्रो विकेटको लागि ओपनर याकुप र जिन यीले १९ रनको साझेदारी गरे।

मलेसियाका लागि जिन यी ले सर्वाधिक १२ तथा याकुवले ११ रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सरीता मगरले ३ओभरमा ९ रन खर्चेर ४ विकेट लिइन्। यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले १-१ विकेट लिइन्।मलेसियाका तीन खेलाडी रनआउट भए।

४ विकेट लिए संगै अफ स्पिनर सरिता मगर नेपालको लागि महिला टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत बनेकी छिन्। यो रेकर्ड हिजो चिनसंग करुना भण्डारीको थियो जसले ९ रन खर्चेर ३ विकेट लिएकी थिईन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy