मलेसियाद्वारा नेपाललाई समान्य लक्ष्य

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो चौंथो खेलमा नेपाल मलेसियासंग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी क्रिकेट एकेडेमी मैदानमा टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाउदै नेपाललाई ९३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको लागि इल्सा हन्टरले सर्वाधिक अविजित ३९ रन योगदान दिईन् जुन क्रममा ४७ बलमा ४ चौका प्रहार गरिन्। मास इल्स्याले १४, युश्रीना याकुपले १२ रन बनाईन्। ३२ रनमा ३ विकेट गुमाएको अवस्थामा चौंथो विकेटको लागि हन्टर र इल्स्या बीच ३० रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

नेपालको बलिंगमा सबनम राईले २ विकेट ( ४-१-२७-२ ) तथा कविता कुँवर ( ४-१-९-१ ) , सिता राना मगर ( ४-०-१६-१ ) र रुबिना क्षेत्री ( ४-०-९-१ ) ले समान एक विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा हंगकंगसंग ६ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई ८ विकेटले र तेश्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो। मलेसिया पहिलो खेलमा युएईसंग ३० रनले पराजित हुँदा दोश्रो खेलमा कुवेतलाई ८१ रनले पराजित गरेको थियो भने तेश्रो खेलमा हंगकंगसंग ४ विकेटले पराजित भएको थियो।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलीरहेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]