म्यानमार ५८ रनमै समेटियो, कप्तान बिशालको उत्कृस्ट बलिंग

  • विकेटनेपाल, बैशाख-७ 

थाईल्याण्डमा आज देखि सुरु भएको एसीसी अन्डर-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसंग प्रतिस्पर्धा गरिरहेको छ।

अप्रिल २० देखि २८ तारिकसम्म चियाँग्माइ थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित ८ टिम प्रतिस्पर्धा गर्दैछन्। नेपाल सहित आयोजक थाईल्याण्ड, मलेसिया, म्यानमार, सिंगापुर, हंगकंग , चिन र भुटान सहभागी प्रतियोगिता ३५ ओभर प्रति इनिंगको हुनेछ।

प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समुह ‘ए’ मा आयोजक थाईल्याण्ड, मलेसिया र म्यानमार रहेका छन्। समुह ‘बि’ मा सिंगापुर, हंगकंग , चिन र भुटान रहेका छन्।

५८ रनमा समेटियो म्यानमार 

पहिले ब्याटिंग गर्दै म्यानमारले १३.२ ओभरमा ५८ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ र नेपाललाई ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको म्यानमारले  पहिलो ओभर देखि विकेट गुमाउन सुरु गर्यो। पहिलो ओभरमै कप्तान बिशाल बिक्रम केसीले २ विकेट लिए।

२ ओभरमा १५/३ पुगेको म्यानमारको योगफललाई पाँचौ नम्बरमा ब्याटिंग गरेका कंग टेट क्याउले १९ रन बनाऊदै सम्हाले पनि अर्को किनारमा लगातार विकेट गुमी रह्यो। ओपनर क्रिस्टोफरले १ चौका र १ छक्का मदतले ११ रन बनाए पनि रमेश कुर्मीले उनको विकेट लिए।

१७ बलमा ३ चौका मदतले १९ रन बनाएका क्याउ पछि अन्य कुनै पनि म्यानमार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फलस्वरूप म्यानमारले १३.२ ओभरमा ५८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Bishal Bikram KC

म्यानमारलाई सानो योगफलमा समेट्न कप्तान बिशाल बिक्रम केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ५ ओभरमा २१ रन खर्चिए। यस्तै रमेश कुर्मी ( २-०-१५-१ ) र निखिल कुमार सिंह ( २.२-२-०-१ ) ले १/१ विकेट लिए। ४ जना म्यानमार ब्याट्सम्यान रन आउट हुन पुगे।

म्यानमारको विकेट पतन :- १/३ ( ०.५ ओभर ) , २/३ ( ०.६ ओभर ) , ३/१५ ( १.६ ओभर )  ,४/२९ ( ४.५ ओभर ) , ५/४० ( ६.२ ओभर ) , ६/४१ ( ७.१ ओभर )  , ७/४१ ( ७.३ ओभर )  ,८/४६ ( ८.६ ओभर ) . ९/५५ ( १०.२ ओभर )  ,१०/५८ ( १३.२ ओभर )

प्रतियोगिताको २०१७ को संस्करणमा पनि नेपाल र म्यानमार प्रतिस्पर्धा गरेका थिए। त्यस बेला म्यानमार ३३७ रनले पराजित भएको थियो। त्यस बेला पहिले ब्याटिंग गरेको नेपालले ३५ ओभरमा ३५० रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा १३ रनमा सबै विकेट गुमाउन पुगेको थियो। खेलमा रित गौतमले १०६ रन बनाएका थिए ।

नेपाली सिनीयर टिमले म्यानमारसंग २ पटक खेलेको छ। पछिल्लो पटक गत वर्ष मलेसियामा आयोजित आईसीसी टि-२० बिश्वकप एसिया बि छनौट प्रतियोगितामा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गरेको म्यानमारले १० ओभरमा २९ रनमा सबै विकेट गुमाएपछि ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो। सन्दीप लामिछानेले ४ ( २-०-३-४ ) तथा ललित राजबंशीले ३ ( ३-२-३-३ ) लिएपछि म्यानमार निरिह बनेको थियो।

सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई २ बलमै पराजित गर्दै दुर्लभ नतिजा हात पारेको थियो। उक्त खेलमा म्यानमारले पहिले ब्याटिंग गर्दै १२.१ ओभरमा १० रन मात्रै बनाएको थियो जुन लक्ष नेपालले २ बलमै भेटाएको थियो।

त्यस खेलमा नेपालको लागि मेहबुब आलम ७ विकेट तथा बिनोद दासले ३ विकेट हात पारेका थिए। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित मात्र ३ रन खर्चिएका थिए भने बिनोद दासले ६ ओभरमा २ मेडन ओभर सहित मात्र ४ रन खर्चिएका थिए। म्यानमारका ६ जना ब्याट्सम्यानहरुले खाता खोल्न सकेका थिएनन् भने ५ जना ब्याट्सम्यानले १ रनको स्कोर बनाएका थिए । नेपालले २ वाईड र ३ लेग बाईको रुपमा ५ रन अतिरिक्तको रुपमा दिएको थियो।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]