असार १७ देखि एसीसी यु-१९ इस्टर्न, नेपालको पहिलो खेल म्यानमारसंग

एसियन क्रिकेट काउन्सील एसीसीले एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

नेपाल एसीसी यु-१९ इस्टर्न प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हो। २०१७ मा मलेसियामा आयोजना भएको प्रतियोगितामा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

यस पटक पनि प्रतियोगिताको आयोजना मलेसियानै पाएको छ। जुलाई २ देखि ९ ( असार १७ देखि २४ ) आयोजना हुने प्रतियोगितामा नेपाल सहित ८ टिमले सहभागिता जनाउनेछन्।  किनरारा ओभल, एसटिसी ओभल, बायुमास ओभल र टिपीसीए ओभल गरि ४ वटा मैदानमा खेलहरु हुने एसीसीले बताएको छ।

ACC U19 Eastern Region Winner Nepal U19 Cricket Team
ACC U19 Eastern Region 2017 Winner Nepal U19 Cricket Team

नेपाल सहित आयोजक मलेसिया, चिन, म्यानमार, सिंगापुर, भुटान, हंगकंग र थाईल्याण्ड गरि कुल ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा तुलनात्मक रुपमा कमजोर टिमहरु चिन, म्यान्मार र सिंगापुर रहेका छन्। समुह ‘बि’ मा आयोजक मलेसिया, भुटान, हंगकंग र थाईल्याण्ड रहेका छन्।

समुह ‘ए’ : चिन, म्यानमार, नेपाल, सिंगापुर
समुह ‘बि’ : मलेसिया, भुटान, हंगकंग, थाईल्याण्ड

समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। खेलहरु ५० ओभर प्रति इनिंगको हुनेछ।

 

नेपालको खेलतालिका :- 

नेपालले म्यानमारसंग एसटिसी ओभल मैदानमा जुलाई २ तारिकमा एसटिसी ओभल मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै दोश्रो खेल जुलाई ५ तारिकमा किनरारा ओभल मैदानमा सिंगापुरसंग, तेश्रो खेल जुलाई ६ तारिकमा बायुमास ओभलमा चिनसंग खेल्ने तालिका रहेको छ। खेलहरु मलेसिया समय १० बजे अर्थात नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।

नेपाल Vs म्यानमार – जुलाई २
नेपाल Vs सिंगापुर – जुलाई ५
नेपाल Vs चिन – जुलाई ६

प्रतियोगिताको उत्कृस्ट २ टिमले श्रीलंकामा जुलाई-अगस्टमा आयोजना हुने यु-१९ एसियाकपमा सहभागिता पक्का गर्नेछ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता एसियाली टेस्ट राष्ट्र सहित इस्टर्न र वेस्टर्न क्वालीफायरबाट आएका अन्य ३ टिम गरि ८ टिम सहभागी हुनेछन्।

 

नेपाली यु-१९ क्रिकेट टिमले गत महिना मलेसियामा आयोजित यु-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता खेलेको थियो। त्यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि युएईसंगको खेल डीएल मेथडमा १ रनले दुर्भाग्यपूर्ण तरिकाले पराजित हुँदा विश्वकप छनौट हुन असफल भएको थियो। युएई विश्वकप खेल्न छनौट भएको थियो।

२०१७ मा नेपालले एसीसी यु-१९ इस्टर्न प्रतियोगिता जित्दा नेपालको कप्तानी दिपेन्द्र ऐरीले गरेका थिए भने टिममा सन्दिप लामिछाने, सन्दिप सुनार, पवन सर्राफ, रोहित पौडेल, शाहब आलम, अनिल साह, आसिफ शेख, सन्दिप जोरा, प्रनित थापा, सुमित महर्जन, नन्दन यादब, किसोर महतो जस्ता खेलाडीहरु थिए। त्यस टिममा रहेका दिपेन्द्र, रोहित, सन्दिप जो., सन्दिप ला. , आसिफ र अनिल र पवन गरि ७ जनाले नेपालको राष्ट्रिय टिमको लागि खेल्ने मौका पाईसकेका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

२०१७ एसीसी इस्टर्न फाइनलमा हंगकंगले ७६ रन मात्रै बनाएपछि ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको लागि शाहब आलम र सन्दिप लामिछानेले ३/३ विकेट लिएका थिए भने ब्याटिंगमा दिपेन्द्र ऐरीले २२ रन बनाएका थिए।

 

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]