ICCWCL2 : नेपालले टस जितेर नामिबियालाई ब्याटिंगको निम्तो, करन केसी बाहिर

२०७९ मंसिर २१, बुधबार १३:००

नामिबियामा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज (बुधबार) नेपालले घरेलु टोली नामाबियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेलमा टस जितेर नेपालले नामिबियालाई ब्याटिंगको निम्तो दिएको छ।

नेपालले आज करन केसीलाई बाहिर राख्दा सोमपाल कामिलाई मौका दिएको छ। आज पनि हरिशंकर शाह र नन्दन यादव बेन्चमा हुनेछन्।

नेपालको अन्तिम एघार : अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ( कप्तान ) , आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, ललित राजवंशी र सागर ढकाल

सिरिज अन्तर्गत नेपालको नामिबियासंगको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको थियो।

Points Table : ICC WORLD CUP LEAGUE-2

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy