नामिबियाद्वारा नेपाललाई मध्यम लक्ष, सन्दिपले लिए ४ विकेट

स्कटल्याण्ड भ्रमण अन्तर्गत विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसंगको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।

स्कटल्याण्डको न्यु काम्बसडुन मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले ४७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२० रन बनाउदै नेपाललाई २२१ रनको लक्ष प्रस्तुत गरेको छ।

स्कोरकार्ड हेर्नुस 

नामिबियाको लागि जान निकोलले सर्वाधिक ६० तथा डिभान ला ककले ४१ रन योगदान दिए। सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दा माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट हुँदा ९८ रनमा ४ विकेट गुमाएको अवस्थामा निकोलले मध्यक्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै ४५ औं ओभरसम्म ब्याटिंग गरे। निकोललाई सोमपाल कामीले आफ्नै बलमा क्याच आउट पारे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५४ रन खर्चिए। सोमपाल कामिले २ विकेट ( ७-०-४४-२ ) लिंदा डेब्यु गरेका बसिर एहमद, करन केसी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy