नामिबियाद्वारा नेपाललाई मध्यम लक्ष, सन्दिपले लिए ४ विकेट

स्कटल्याण्ड भ्रमण अन्तर्गत विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसंगको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।

स्कटल्याण्डको न्यु काम्बसडुन मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले ४७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२० रन बनाउदै नेपाललाई २२१ रनको लक्ष प्रस्तुत गरेको छ।

स्कोरकार्ड हेर्नुस 

नामिबियाको लागि जान निकोलले सर्वाधिक ६० तथा डिभान ला ककले ४१ रन योगदान दिए। सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दा माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट हुँदा ९८ रनमा ४ विकेट गुमाएको अवस्थामा निकोलले मध्यक्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै ४५ औं ओभरसम्म ब्याटिंग गरे। निकोललाई सोमपाल कामीले आफ्नै बलमा क्याच आउट पारे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५४ रन खर्चिए। सोमपाल कामिले २ विकेट ( ७-०-४४-२ ) लिंदा डेब्यु गरेका बसिर एहमद, करन केसी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]