ब्याटिंग समस्या निरन्तर, नामिबियासंग नेपाल ६३ रनले पराजित

ब्याटिंग समस्या दोहोरिएपछि स्कटल्याण्डमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल नामिबियासंग ६३ रनले पराजित भएको छ। सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासंग पराजित भएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।

हारपछि नेपाल विश्वकप लिग-२ अंकतालिकाको छैठौं स्थानमा झरेको छ। स्कटल्याण्ड नेपाललाई पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ। नेपालको १९ खेलमा १७ अंक छ भने नामिबियाको १८ खेलमा १८ अंकछ।

खेलमा नामिबियाले दिएको २०० रनको लक्ष पछ्याएको नेपालले ३७.५ ओभरमा १३६ रनमा सबै विकेट गुमायो। नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ३८, आसिफ शेखले ३४, आदील आलमले २० रन तथा पवन सर्राफले अविजित १० रन बनाए।

नेपालले कुनै पनि बेला ठूलो साझेदारी गर्न नसक्नु हारको कारण बन्यो। छैठौं विकेटको लागि दिपेन्द्र ऐरी र आदील आलमले गरेको ३६ रनको साझेदारीनै सर्वाधिक रह्यो। १३२ रनमा ६ विकेट गुमाएको अवस्थामा दिपेन्द्र ऐरी दुई रन लिन खोज्दा रन आउट भए पछि नेपालले थप ४ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।

नामिबियाका देब्रे हाते स्पिनर बर्नार्ड स्कोल्ज एक्लैले ५ विकेट लिए। जान फ्राईलिंकले ३ तथा गेरहार्ड इरास्मसले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनायो। उसको लागि कप्तान गेरहार्ड इरास्मसले सर्वाधिक ५३ रन बनाए। डेभिड विजाले ३४, जान निकोल र रुबेन ट्रंपलम्यानले समान १९ रन बनाए।

राम्रो सुरुवात गरेको नेपालले पहिलो पावरप्लेमा नामिबियाको ३ विकेट लियो। ३६/३ को अवस्थाबाट कप्तान इरास्मसलेले एक किनार सम्हालेर ब्याटिंग गरे। चौंथो विकेटको लागि उनले जान निकोलसंग ६९ रन जोडे। त्यसपछि कप्तान सन्दिप लामिछानेले इटन, जान फ्राईलिंक र इरास्मसको विकेट लिंदै नेपाललाई खेलमा हावी गराए। ११२ रनमा ६ विकेट गुमाएको अवस्थाबाट डेभिड विजाले जेजे स्मित, ट्रंपल म्यानसंग साझेदारी गर्दै योगफल अघि बढाए। दिपेन्द्र ऐरीले अन्तिममा २ विकेट लिंदै नामिबियाको इनिंग्स समाप्त पारे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३९ रन खर्चिए। सोमपाल कामि र दिपेन्द्र ऐरीले २/२ तथा बसिर एहमदले १ विकेट लिए।

सिरिजको अन्तिम खेल नेपालले आयोजक स्कटल्याण्डसंग आइतबार खेल्नेछ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]