नेपाल, नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको उपाधिको लागि नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।
टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा जारी खेलमा नेपालले टस हारेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाउदै नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक टिम योगफल हो। यस अघि नेपालले भुटान बिरुद्ध २०१९ साग क्रिकेटमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो। उक्त रेकर्ड नेपालले तोडेको छ। नेदरल्याण्ड बिरुद्ध नेपालले बनाएको यो हालसम्मकै ठुलो योगफल हो। जारि सिरिजको तेश्रो खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध २० ओभरमा ६ विकेट क्षेतीमा २०६ रन बनाएको थियो। उक्त लक्ष्य नेदरल्याण्डले पछ्याउन सफल भएको थियो।
नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गरे। ८ बलमा १ चौका र २ छक्का मद्दतले १६ रन बनाएका आसिफलाई लेग स्पिनर फिलिपे बोसेभेनले तेश्रो ओभरमा लंग अफमा क्याच आउट गराए।
दोश्रो विकेटको लागि भुर्तेलले कप्तान ज्ञानेन्द्र मल्लसंग ४७ रन जोडे। १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाएका मल्ल १० औं ओभरमा बोसेभेनको दोश्रो शिकार बने। मल्ल मीड अफमा क्याच आउट हुन पुगे।

तेश्रो विकेटको लागि भुर्तेलले कुशल मल्लसंग ७६ रनको साझेदारी गरे। १६ औं ओभरमा भुर्तेललाई सेबास्टिएन ब्राटले क्याच आउट गराए। त्यस अघि भुर्तेलले सिरिजमा चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ८ चौका र ३ छक्का मद्दतले ७७ रन बनाए।
भुर्तेलको विकेट पछि कुशल मल्ल र दिपेन्द्र ऐरीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। अन्तिम ५ ओभरमा नेपालले मात्र १ विकेट गुमाएर ८१ रन बनायो। कुशल मल्ल र दिपेन्द्र ऐरीले चौथो विकेटको लागि ७५ रनको साझेदारी गरे।
कुशल मल्लले अविजित ५० रन बनाए जुन क्रममा २४ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १८ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ४८ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो।
नेदरल्याण्डको बलिंगमा लेग स्पिनर फिलिपे बोसेभेनले २ विकेट लिए जुन क्रममा ४ ओभरमा ४३ रन खर्चिए। सेबास्टिएन ब्राटले १ विकेट लिए।
यो पनि पढ्नुस
https://wicketnepal.com/abinash-mom-vs-mal-wn21/
https://wicketnepal.com/zim-1st-win-over-pak-t20/
https://wicketnepal.com/pbks-vs-mi-n21-m17th-rep/
