काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपको खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितेर बलिङ रोजेका हुन् ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा