नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ ।

टियु मैदान किर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ दशमलब २ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि अनिल शाहले ३६ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । करियरको दोस्रो अर्धशतक शाहले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा पूरा गरे । आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४३ बलमा अर्धशतक पूरा गरे । उनको यो ओडिआई ईतिहासको ११ औं अर्धशतक हो ।

ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाए । उनी भिभियन किंग्माको बलमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अल आउट हुदै १ सय ३७ रन बनायो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४९ बलमा ३३ रन बनाए । कप्तान एडवार्ड ३४ दशमलब २ ओभरमा कुशल भुर्तेलको बलमा एलबीडब्लु आउट भए ।

बास डि लिडेले ४४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । ललितनारायण राजवंशीले १९ दशमलब २ ओभरमा नेदरल्यान्ड्सको चौथो विकेट लिए । ललितले ४४ बलमा २७ रन बनाएका बास डि लिडेलाई बोल्ड आउट गराए ।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा साइब्रण्ड इन्गलब्रेन्ट ललितनारायण राजवंशीको बलमा आउट भए । उनी ३५ बलमा २३ रन बनाउँदै स्लिपमा अनिल शाहबाट क्याच आउट भए । पहिलो ओभरको तेस्रो बलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए । उनले नेदरल्यान्ड्सबाट डेब्यु खेल खेलिरहेका मिचेल लेभिटलाई आउट गराए । लेभिट देव खनालबाट क्याच आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा छैटौं ओभरको अन्तिम बलमा रहेका म्याक्स ओ डाउड रन आउट हुनपुगे । उनी ललितनारायण राजवंशीको बलमा रन आउट भएका थिए । म्याक्सले २१ बलमा १ छक्काको सहयोगमा १० रन बनाएका थिए ।

नेदरल्यान्ड्सले पाँचौं विकेटका रुपमा नोय क्रोस आउट भए । १२ रन बनाएका क्रोसलाई कुशल मल्लले रन आउट गराए । लगत्तै अर्को ओभरमा वेस्ली बारीसी कुशल भुर्तेलको बलमा आउट भए । उनी खाता नै नखोलि आउट भए । नेपालका लागि सातौं सफलता कप्तान रोहितकुमार पौडेलले दिलाएका थिए । पौडेलले २७ दशमलब २ ओभरमा सिराज अहमदलाई बोल्ड आउट गराए । ३३ ओभरको अन्तिम बलमा आर्यान दत्त कुशल भुर्तेलको बलमा आउट भए ।

भिभियन किंग्मा १७ बलमा २ रन बनाउँदै कुशल भुर्तेलको बलमा आउट भएसँगै पहिलो ईनिङ समाप्त भएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले दुई विकेट लिए ।

विश्वकप लिग टू मा पहिलो खेलेको नेदरल्यान्ड्सलाई हराउँदै नेपालले ईतिहास बनाएकाे छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]