नेपालले टस जित्यो

२०८२ आश्विन १८, शनिबार २०:२३

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि२० विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो वार्म अप खेलमा नेपालले टस जितेको छ ।

ओमानको मस्कटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएका हुन् ।

घरेलु टोलीमाथि जित निकाल्दै नेपाल ओमान यात्राको राम्रो सुरुवात गर्न चाहन्छ ।

उता, ओमान पहिलो खेलमा केही कमजोर मानिएको कुवेतसँग पराजित भएकोमा यस खेलमा जित निकाल्न चाहन्छ । नेपालले दोस्रो तथा अन्तिम वार्मअप खेल सोमबार कतारसँग खेल्नेछ ।

छनोट आगामी बुधवारबाट सुरु हुनेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ ।

नेपालको समूहमा कुवेत र जापान पनि रहेका छन् । हरेक समूहमा सिङ्गल राउन्ड रोबिनका आधारमा खेलहरु हुनेछ । प्रत्येक समूहको शीर्ष दुईमा रहने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छ ।

सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहको बाहेक अन्य चार राष्ट्रको सामना गर्नेछ । सुपर सिक्सको खेलमा नेपाल शिर्ष तीनमा रहन सकेमा लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy