पपुवा न्यु गिनीसंग नेपाल पहिले बलिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम एघार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्दैछ।

युएईको शारजाह स्टेडियममा हुने खेलमा पपुवा न्यु गिनीले टस जितेर ब्याटिंग रोजेको छ। खेल ११:१५ बजे सुरु हुँदैछ।

टस हारेपछि नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो टिम राम्रो भएको प्रतिक्रिया दिएका छन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामि, सागर ढकाल, करन केसी

नेपालले कमल सिंह ऐरि ,  बिक्रम सोब, भिम शार्की, बिबेक यादव र पवन सर्राफलाई अन्तिम एघारमा स्थान दिएको छैन।

पपुवा न्यु गिनीको अन्तिम एघार : लिगा सीएका, टोनी उरा, असद भाला ( कप्तान ) , चार्ल्स अमिनी, हिरी हिरी, चाड सोपर, नोर्मन भानुवा, राइली हेकुरे, सिमोन अटाई, डोगोडो बाउ, एलि नाओ

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy