रोहित र सोमपालको उत्कृस्ट साझेदारी, पीएनजी बिरुद्ध नेपालको संघर्षपूर्ण जित

ओमान भ्रमण अन्तर्गत विश्वकप लिग-२ को तयारी स्वरूप पपुवा न्यु गिनीसंगको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये पहिलो खेलमा नेपालले २ विकेटको कठिन जित दर्ता गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेट क्षेतीमा ३९.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा डेब्यु गरिरहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। १५ रन बनाएका भुर्तेललाई १२ औं ओभरमा चाड सोपरले एलबिडब्लु गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा आसिफ पनि डोमिएन राभुबाट पुल सट खेल्दा डिप मीड विकेटमा क्याच आउट हुन पुगे। आसिफले ४६ बलमा ४ चौका मद्दतले ३० रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल पनि लामो समय क्रिजमा जम्न सकेनन्। राभुको सर्ट बल पुल गर्ने क्रममा २० बलमा ६ रन बनाएका मल्ल विकेटकिपरबाट क्याच आउट हुन पुगे। ९ रन बनएका आरिफ शेख पनि सोपरबाट एबिडब्लु हुन पुगे।

त्यसपछि पनि नेपालको विकेट जाने शिलशिला कायमै रह्यो। ६ रन बनाएका शरद भेसावकरलाई पोकनाले विकेटपछाडी क्याच आउट गराए। २८ औं ओभरमा गौडी तोकाले १ रन बनाएका कुशल मल्ल र खाता नखोल्दै पवन सर्राफलाई लगातार बलमा पेभेलियन फर्काए।

छैठौं नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलले नवौं नम्बरमा आएका सोमपाल कामिसंग धैर्यतापूर्वक ब्याटिंग गर्दै नेपाललाई जितको दिशा दिए। दुवैले आठौँ विकेटको लागि  ५२ रनको महत्वपूर्ण साझेदारी गरे। जितको लागि १ रन मात्र आवस्यक हुँदा रोहित टोकाबाट बोल्ड भए। त्यस अघि उनले ६५ बलमा २ चौका मद्दतले ४१ रन बनाए। सोमपाल कामिले ३२ बलमा १ चौका र १ छक्का मद्दतले अविजित २२ रन बनाउदै जितसम्म पुर्याए।

पपुवा न्यु गिनीको बलिंगमा गौडी टोकाले ३ तथा डामियन राभु र चाड सोपरले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो।

पपुवा न्यु गिनीको सुरुवात खराब रह्यो। इनिंग्सको दोश्रो ओभरमा डेब्यु गरेका नेपाली पेसर बिक्रम सोबले पहिलो बलमै १ रन बनाएका टोनी उरालाई बोल्ड गरे। सोब डेब्यु खेलको पहिलो बलमै विकेट लिने नेपालको पहिलो खेलाडी बन्न पुगे। सोबले चौथो ओभरमा कप्तान असद भालाको महत्वपूर्ण विकेट लिए। हिजो अमेरिका बिरुद्ध अर्धशतक बनाएका भाला ४ रन बनाएर आरिफ शेखबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि ओपनर लेग सीयाका र चार्ल्स अमिनीले ५७ रनको साझेदारी गरे। १२ औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले २३ रन बनाएका अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए। लगत्तै ओभरमा देब्रे हाते स्पिनर कुशल मल्लले ३० रनायेका सियाकालाई आफैद्वारा क्याच आउट गराए। पाँचौ विकेटको लागि सिसि बाउ र किप्लिन डोरीगाले २६ रनको साझेदारी गरे। पुनः साझेदारी तोड्ने क्रममा १४ रन बनाएका बाउलाई सन्दिपले क्याच आउट गराए। १५ रन बनाएका डोरिगालाई कुशलले क्याच आउट गराए भने सन्दिपले खाता नखोल्दै गौडी टोकालाई एलबिडब्लु गरे। त्यसपछि चाड सोपरले अविजित १७ रन बनाएता पनि विकेट जाने क्रम रोकिएन।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट ( १०-०-३५-४ ) लिए भने बिक्रम सोब ( ५-१-२०-२ ) र कुशल मल्ल ( ७-१-१९-२ ) ले समान २ विकेट र सोमपाल कामिले ( ७-०-३७-१ ) १ विकेट लिए।

खेलमा नेपालको लागि तिन जना खेलाडी कुशल भुर्तेल, आसिफ शेख र बिक्रम सोबले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। बिनोद भण्डारी, करन केसी, अविनाश बोहरा, दिपेन्द्र ऐरी, गुल्सन झा र सुशन भारिलाई बाहिर राखिएको छ। दिपेन्द्र र गुल्सन खुट्टाको चोटका कारण दोश्रो खेल पनि खेल्ने नखेल्ने अनिश्चित रहेको छ।

पपुवा न्यु गिनीसंग नेपालले दोश्रो खेल सेप्टेम्बर १० तारिखमा खेल्नेछ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]