NEPAL vs PNG : लगातार दुई विकेट पछि दबाबमा पपुवा न्यु गिनी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले १५ ओभरमा ६० रन बनाउदा २ विकेट गुमाएको छ। क्रिजमा कप्तान असद भाला १७ बलमा २ रन तथा चार्ल्स अमिनी ५ बलमा २ रन बनाएर अविजित छन्।

ओपनर टोनी उरा र लेगा सियाकाले ५१ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा उरालाई आरिफ शेखले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिप लामिछानेले सियाकालाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। उराले ३४ बलमा ५ चौका मद्दतले २७ तथा सियाकाले ३३ बलमा २ चौका मद्दतले २५ रन बनाए।

नेपालको बलिंग :

सोमपाल कामि : ५-०-२६-०

करन केसी : ४-०-१९-०

आरिफ शेख : ३-०-८-१ ,

सन्दिप लामिछाने : ३-०-६-१

दिपेन्द्र ऐरी : १-०-३-०

खेल प्रत्यक्ष हेर्नुस

https://www.youtube.com/watch?v=3ywVNXltXvI

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy