नेपाल टस जितेर फिल्डिंग गर्दै, देव खनालको डेब्यु

पपुवा न्यु गिनीको नेपाल भ्रमण अन्तर्गत दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९:३० बजे सुरु हुने खेलमा नेपालले टस जितेर पपुवा न्यु गिनीलाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान  देव खनालले डेब्यु गर्ने भएका छन्। देवलाई कप्तान सन्दिप लामिछानेले डेब्यु क्याप दिएका हुन्। युएई टुरमा डेब्यु गरेका ब्याट्सम्यान भिम शार्कीले पनि अन्तिम एघारमा मौका पाएका छन्। अनिल शाहले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् जो विकेटकिपरको भूमिकामा हुनेछन्। सागर ढकाल, बिक्रम सोब, सुशन भारि र गुल्सन झा बाहिर छन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम शार्की, अनिल कुमार शाह ( विकेटकिपर )

पपुवा न्यु गिनीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई पराजित गर्न सकेको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy