नेपालको चलेन ब्याटिंग , कतारसंग १२२ रनमै समेटियो

२०७६ श्रावण ७, मंगलवार ०९:०८

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कतारसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १२२ रन बनाएको छ।

नेपालको लागि ओपनिंग गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे। छैठौं ओभरको अन्तिम बलमा पारस इनाम उल हकको बलमा आउट भए जस अघि उनले १७ बलमा ४ चौका र १ छक्का मदतले २८ रन बनाए।

४९ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ओपनिंग साझेदारी समेत हो। सन् २०१४ टि-२० विश्वकपमा सुबास खकुरेल र सागर पुनले ३६ रनको ओपनिंग साझेदारी गरेका थिए जुन पारस र ज्ञानेन्द्रको जोडीले तोडेका हुन्।

Gyanendra Malla, Paras Khadka ( File Pic )

पारसको विकेट पछि दबाबमा आएको नेपालले दोश्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई पनि नवौं ओभरमा गुमाउन पुग्यो। तमुर सज्जादले मल्ललाई क्याच आउट गरे जसले २४ बलमा २३ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे।

लगातार विकेट गुमाउने क्रममा शरद भेसावकरलाई पनि सज्जादले ७ रनको स्कोरमा आउट गरे। पाँचौ नम्बरमा आएका सोमपाल कामि पनि ११ रन बनाएर रन आउट हुन् पुगे। बिनोद भण्डारी पनि ७ बलमा ३ रन बनाएर आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्दै एक किनार सम्हालीरहेका दिपेन्द्र एरि १९ औं ओभरमा ३४ रन बनाएर नौमन सरवारबाट बोल्ड हुन पुगे। ३५ बलमा उनले १ चका र १ छक्का प्रहार गरे।

करन केसी ( ४ ) , सन्दिप लामिछाने ( ९ ) , बसन्त रेग्मी ( १ ) र अविनाश बोहरा ( १ ) ले पनि तल्लो क्रममा खास योगदान दिन सकेनन्।२० ओभरको चौथो , पाँचौ र छैठौं बलमा नेपालले लगातार ३ विकेट गुमाएको थियो।

२० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाउदै कतारलाई नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गर्यो।

कतारको बलिंगमा इकबाल हुसेनले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ )  लिए। यस्तै तमुर सज्जाद ( ४-०-१४-२ ) र नौमन सरवार ( २-०-१७-२ ) ले २/२ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy