स्कटल्याण्डसंग टस जितेर नेपाल ब्याटिंग गर्दै, कुशल भुर्तेल बाहिर

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर ब्याटिंग रोजेको छ।

नेपालले आज अन्ति एघारबाट कुशल भुर्तेललाई बाहिर राखेको छ। भुर्तेलले अघिल्लो खेलमा ओपनिंग ब्याटिंग गरेका थिए। देब्रे हाते ब्याट्सम्यान तथा अफ स्पिनर हरिशंकर शाहले आज मौका पाएका छन्। करन केसी र नन्दन यादव आज पनि बेन्चमा छन्।

नेपालको अन्तिम ११ : अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ( कप्तान ) , आरिफ शेख, हरिशंकर शाह , दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, ललित राजवंशी र सागर ढकाल

सिरिज अन्तर्गत नेपालको नामिबियासंगको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेश्रो खेलमा नेपाल नामिबियासंग ८६ रनले पराजित भएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]