स्कटल्याण्डसंग टस जितेर नेपाल ब्याटिंग गर्दै, कुशल भुर्तेल बाहिर

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालले टस जितेर ब्याटिंग रोजेको छ।

नेपालले आज अन्ति एघारबाट कुशल भुर्तेललाई बाहिर राखेको छ। भुर्तेलले अघिल्लो खेलमा ओपनिंग ब्याटिंग गरेका थिए। देब्रे हाते ब्याट्सम्यान तथा अफ स्पिनर हरिशंकर शाहले आज मौका पाएका छन्। करन केसी र नन्दन यादव आज पनि बेन्चमा छन्।

नेपालको अन्तिम ११ : अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ( कप्तान ) , आरिफ शेख, हरिशंकर शाह , दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, ललित राजवंशी र सागर ढकाल

सिरिज अन्तर्गत नेपालको नामिबियासंगको पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो भने दोश्रो खेलमा स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेश्रो खेलमा नेपाल नामिबियासंग ८६ रनले पराजित भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy