स्कटल्याण्डसंग चलेन नेपालको ब्याटिंग, १३७ रनमै सिमित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक सिरिजमा आफ्नो दोश्रो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाउदै स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

१३७ रनको योगफल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सातौँ कम योगफल हो। स्कटल्याण्डले यसै वर्ष जुलाईमा नेपाललाई १२८ रनमै समेटेको थियो।

नेपालको लागि गुल्सन झाले सर्वाधिक २९ रन योगदान दिए। ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन बनाए।

पन्ध्रौँ ओभरमा अर्जुन साउद रन आउट हुँदा ४४ रनमा २ विकेट गुमाएपछि नेपालको विकेट जाने क्रम रोकिएन। दोश्रो विकेटको लागि अर्जुन र ज्ञानेन्द्रले ३७ रनको साझेदारी गरे जुन इनिंग्सको सर्वाधिक साझेदारी रह्यो। चौंथो विकेटको लागि आरिफ र रोहितले २३ रन जोडे।

स्कटल्याण्डका बलर क्रिस सोलले ३ विकेट, मार्क वाटले २ विकेट लिंदा ब्राण्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल र नामिबिया बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy