स्कटल्याण्डसंग चलेन नेपालको ब्याटिंग, १३७ रनमै सिमित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक सिरिजमा आफ्नो दोश्रो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाउदै स्कटल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

१३७ रनको योगफल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सातौँ कम योगफल हो। स्कटल्याण्डले यसै वर्ष जुलाईमा नेपाललाई १२८ रनमै समेटेको थियो।

नेपालको लागि गुल्सन झाले सर्वाधिक २९ रन योगदान दिए। ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन बनाए।

पन्ध्रौँ ओभरमा अर्जुन साउद रन आउट हुँदा ४४ रनमा २ विकेट गुमाएपछि नेपालको विकेट जाने क्रम रोकिएन। दोश्रो विकेटको लागि अर्जुन र ज्ञानेन्द्रले ३७ रनको साझेदारी गरे जुन इनिंग्सको सर्वाधिक साझेदारी रह्यो। चौंथो विकेटको लागि आरिफ र रोहितले २३ रन जोडे।

स्कटल्याण्डका बलर क्रिस सोलले ३ विकेट, मार्क वाटले २ विकेट लिंदा ब्राण्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल र नामिबिया बीचको पहिलो खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]