नेपालद्वारा स्कटल्याण्डलाई १५० रनको लक्ष्य, पारसको अर्धशतकीय योगदान

Paras Khadka

आईसीसी बिश्व कप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा स्कटल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको छ। पहिलो खेलमा नेपाल जिम्बाबेसंग पराजित भएको थियो।

अत्यन्त खराब सुरुवात गर्नेक्रममा नेपालले ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ), दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) लाई चाडैनै गुमाउन पुग्यो। माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु लगातार आउट हुँदा आठौं ओभरमा नेपाल स्कोर मात्र ३९ रन थियो।

https://www.youtube.com/watch?v=XJyR5143g4w

पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट हुनपुगे। सोमपालको विकेट पछि पारसले रोहित पौडेलसंग १९ रनको साझेदारी गरे।

लिस्ट ‘ए’ क्रिकेटमा सातौँ अर्धशतक पुरा गरेपछि पारस २९ औं ओभरको पहिलो बलमा क्याच आउट हुन पुग्दा नेपालको स्कोर १००/७ पुग्यो। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत बनेका पारसले ६३ रन बनाउन ७५ बलमा १० चौका प्रहार गरे।

Paras Khadka Half century
Paras Khadka After Scoring Half Century

पारस आउट भएपछि रोहितले बसन्त रेग्मीसंग आठौँ विकेटको लागि १७ रनको साझेदारी गरे। १५ रन ( ४० बल ) बनाएका रोहितले पनि ठुलो योगदान दिन नसक्दा बसन्त रेग्मी भने क्रिजमा डटिरहे। सन्दिप लामिछाने ६ रन बनाएर आउट भने भए अन्तिम विकेटको रुपमा ललित राजवंशी ४ रन बनाएर आउट भए।

बसन्त रेग्मी २४ रन बनाएर अविजित रहंदा ५१ बलको सामना गर्दै १ चौका प्रहार गरे।

स्कटल्याण्ड बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र एलेस्डर इभान्सले २/२ विकेट हात पारे भने रिची बेरिंगटनले र टीबी सोलले समान १/१ विकेट लिए।

स्कोरकार्ड

खेलको फोटोहरु – 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]