सिंगापुरले कीर्तिमानी योगफल बनाउदा नेपाललाई विशाल लक्ष्य

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत अन्तिम खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेल जित्ने टिम युएईमा अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्दै नेपाललाई १९२ रनको लक्ष्य दिएको छ।

टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले नेपाल बिरुद्ध बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेदरल्याण्डले गत वर्ष १७४ रन बनाएको थियो। त्यो खेल वर्षाले पुरा हुन पाएको थिएन जुन क्रममा १६.४ ओभरमा नेदरल्याण्डले उक्त योगफल तयार गरेको थियो।

ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई दोश्रो ओभरमा करन केसीले आउट गरेपछि दोश्रो विकेटको लागि सिंगापुर ब्याट्सम्यान रोहन रंगराजन र टिम डेभिडले दोश्रो विकेटको लागि ८९ रनको ठुलो साझेदारी गरे।

११ औं ओभरमा अविनाश बोहराले रंगराजनलाई क्क्याच आउट गर्दै दोश्रो विकेट दिलाए। उनले ४९ रन बनाउन ३३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे। त्यस पछि पनि डेभिडले एक किनार सम्हालीरहे जसलाई मनप्रित सिंहले साथ दिए। दुवैले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरे।

बसन्त रेग्मी इतिहासकै महँगो भए

अविनाश बोहराले ७७ रन बनाएका डेभिडलाई अठारौं ओभरमा क्याच आउट गर्दै नेपाललाई राहत दिलाए। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसै ओभरमा बोहराले खाता नखोल्दै चेतन सूर्यवंशीलिई पनि आफ्नै बलमा आफैले क्याच आउट गरे।

त्यस पछि ४२ रन बनाएका मनप्रितलाई करन केसीले क्याच आउट गरे। २७ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। इनिंगको अन्तिम ओभरमा अविनाश बोहराले मात्र ६ रन खर्चेर १ विकेट लिए।

नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो दोश्रो उत्कृस्ट बलिंग फिगर हो। बसन्त रेग्मीले टि-२० विश्वकप २०१४ मा हंगकंग बिरुद्ध ४ विकेट लिंदा ४ ओभरमा १६ रन मात्र खर्चिएका थिए जुन उत्कृस्ट बलिंग फिगर हो।

करन केसीले २ ( ३-०-२६-२ ) विकेट लिए भने सोमपाल कामि ( ३-०-१५-० ) , सन्दिप लामिछाने ( ३-०-३४-० ) , बसन्त रेग्मी ( ४-०-५४-० ) र शरद भेसावकर ( ३-०-२५-० ) विकेट विहिन रहे।

Avinash Bohara
Avinash Bohara

बसन्तले दिएको ५४ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली बलरले दिएको अहिलेसम्मकै सर्वाधिक रन हो। यस अघि सोमपाल कामिले नेदरल्याण्ड बिरुद्ध गत वर्ष ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए।

सिंगापुरले नेपाललाई हालसम्म कुनै पनि सिनियर स्तरको क्रिकेटमा पराजित गर्न सकेको छैन।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]