नेपाल र सिंगापुर बीच अघोषित फाइनल, पछिल्लो ३ खेलमा यस्तो छ हेड टु हेड नतिजा

Nepal vs Singapore

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आइतबार नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ।

सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थिए जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।

सिंगापुर VS नेपाल –  पछिल्लो ३ खेलमा नतिजा 

इतिहासको कुरा गर्दा नेपाल र सिंगापुरले सिंगापुरसंग हालसम्म ३ वटा टि-२० खेल खेलेको छ। त्यस मध्ये २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले नतिजाविहिन रहेको थियो। सिनियर स्तरमा हालसम्म टि-२० र एकदिवसीयमा सिंगापुरले नेपाललाई पराजित गर्न सकेको छैन।

२००९ एसीसी टि-२० ( युएई ) : नेपाल ९ विकेटले विजयी

पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो। बिनोद दास ( ३.४-०-२१-३ ) र सन्जम रेग्मीले ( ४-०-१९-३ ) ३/३ विकेट लिंदै सिंगापुर इनिंग ध्वस्त बनाएका थिए। ब्याटिंगमा दिपेन्द्र चौधरीले ४९ रन ( ४० बल, ४ चौका र १ छक्का ) तथा नरेश बुढायरले ३२ रन ( ३९ बल, ३ चौका ) बनाएपछि नेपालले सहजै जित हाँसिल गरेको थियो।

Binod Bhandari
Binod Bhandari

२०१३ एसीसी टि-२० ( नेपाल ) : नेपाल १२१ रनले विजयी

समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २०० रन माथिको योगफल तयार गरेको थियो।

२० ओभरमा २१०/५ को योगफल बनाउने क्रममा बिनोद भण्डारीले विस्फोटक ५४ रन ( ३४ बल, ४ छक्का र २ चौका ) बनाएका थिए। यस्तै पारस खड्काले ४४, ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरिले समान ३०/३० , तथा शरद भेसावकरले २६ रन बनाएका थिए। २११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो। बसन्त रेग्मीले ३ विकेट ( ४-१-१७-३ ) , शक्ति गौचनले २ विकेट ( ३-०-१३-२ ) लिएका थिए।

२०१८ आईसीसी टि-२० विश्वकप छनौट एसिया ( बि ) छनौट : नतिजाविहिन

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो। सिंगापुरको लागि ओपनर चन्द्रमोहनले सर्वाधिक २५ रन बनाएका थिए। मनप्रित सिंह र सिधान्तले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। नेपालको बलिंगमा सन्दिप लामिछानेले ४ विकेट ( ३.३-०-१६-४ ) तथा करन केसी ( ३-०-१८-२ ) र सोमपाल कामिले ( ३-०-२०-२ ) ले २/२ विकेट लिएका थिए।

नेपालले ब्याटिंग सुरु गर्दा ३ बल मात्रै खेलेको थियो जुन समयमा वर्षाले खेल रोकिएको थियो। खेल पुनः सुचारु हुन नपाएपछि दुवै टिमले १/१ अंक बाँडेको थियो।

संयोगले उक्त खेल पनि अघोषित फाइनल जस्तै रहेको थियो। तर वर्षाले खेल पुरा हुन नसकेपछि नेट रनरेटको आधारमा नेपाल प्रतियोगिता विजेता भएको थियो।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]