सिंगापुर टस जितेर ब्याटिंग गर्दै

Nepal vs Singapore

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत चौथो तथा अन्तिम खेलमा नेपालले आयोजक सिंगापुरसंग खेल्दैछ। खेल नेपाली समय ७:१५ बजे बाट सुरु हुनेछ।

सिंगापुरको इन्डियन एसोसीएसन मैदानमा सिंगापुरले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। नेपालले अन्तिम खेलमा कुवेतसंग खेलाएको अन्तिम-११ लाईनै आज पनि खेलिएको छ।

नेपाली टिम :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल , शरद भेसावकर, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, अविनाश बोहरा, करन केसी

आज सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

नेपाललाई सिंगापुरले कुनै पनि सिनियर स्तरको क्रिकेटमा हालसम्म पराजित गर्न सकेको छैन। हालसम्म ३ खेल टि-२० मा नेपाल र सिंगापुर खेल्दा २ वटामा नेपालले सहजै जित दर्ता गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहेको थियो।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल नतिजाविहिन रहंदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

नेपाल प्रतियोगिताको पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको थियो जसपछि दोश्रो खेलमा मलेसियालाई ७ विकेटले तथा तेश्रो खेलमा कुवेतलाई ७ विकेटलेनै पराजित गरेको थियो।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]