रितको शतक पछि कुशल मल्लले विस्फोटक इनिंग खेल्दा नेपालद्वारा सिंगापुरलाई विशाल लक्ष्य

( फिचर फोटो – रित गौतम फाइल ) 

एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल र सिंगापुर प्रतिस्पर्धा गरिरहेका छन्।

दुवै टिमले सेमीफाइनलमा स्थान बनाईसकेका छन् र यो खेल जित्ने टिम समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। यो खेल जित्नेे टिमले सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग खेल्नेछ।

किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रनको योगफल तयार गर्दै सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

उत्कृस्ट सुरुवात गर्ने क्रममा पवन सर्राफ र रित गौतमले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरे।अर्धशतकको लागि चुक्ने क्रममा पवन १५ औं ओभरमा आउट भए । उनले १० चौका मदतले ४१ बलमा ४५ रन बनाए।

पवनको विकेटपछि दोश्रो विकेटको लागि रितले खडक बोहरासंग १३१ रनको साझेदारी गरे।

यु-१९ टिमको लागि पहिलो पटक ब्याटिंग गरेका खडक ९० रन बनाएर ४० औं ओभरमा आउट भए। ९० बलमा उनले १२ चौका प्रहार गरे। अर्धशतक बनाउनु अघि खडकको २ वटा क्याच सिंगापुर फिल्डरहरुले छोड्न पुगेका थिए।

खडकको विकेटपछि बिशाल बिक्रम केसी १ तथा रोहित पौडेल ७ रन बनाएर आउट भए। त्यसपछि रितले कुशल मल्लले इनिंगलाई अन्तिमसम्म लागे।

यसै बीच रितले यु-१९ टिमको लागि आफ्नो पहिलो शतक पुरा गरे। २०१६ एसीसी यु-१६ टिमको कप्तानी गरेका रितले म्यानमार बिरुद्ध शतक बनाएका थिए। अविजित ११५ रन बनाएका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे।

Rit Gautam

यस्तै अन्तिममा विस्फोटक ब्याटिंग गरेका कुशलले मात्र २३ बलमा अर्धशतक बनाएर अविजित रहे। मल्लले २३ बलमा ५१ रन बनाउदा ४ चौका र ५ छक्का प्रहार गरे।

कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो , चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

Kushal Malla

यु-१९ क्रिकेट इतिहासमा सिंगापुरले नेपाललाई पराजित गरेको छैन।

प्रतियोगिताको पहिलो खेलमा सिंगापुरले चिनलाई ८ विकेटले तथा नेपालले चिनलाई १० विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो । स्कोरकार्ड 

प्रतियोगिताको विजेता टिम अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने भनिएको यु-१९ एसिया कप खेल्न छनौट हुने हुनेछ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]