दोश्रो खेलमा नेपालको भेट सिंगापुरसंग, जिते समुह विजेता

मलेसियामा जारि एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ।

सिंगापुर र नेपालले चिनलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। समुह ‘ए’ अन्तर्गत दुई देश बीचको खेलले समुह विजेता को हुने भन्ने तय गर्नेछ। अंकतालिका 

किनरारा ओभल मैदानमा खेलिने खेल नेपाली समय जुलाई ५, शुक्रबार नेपाली समय ७:४५ बजे विहान ( मलेसियाको समय १० बजे विहान ) सुरु हुनेछ।

प्रतियोगिताको विजेता टिम अगस्ट/सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने भनिएको यु-१९ एसिया कप खेल्न छनौट हुने हुनेछ।

सिंगापुर र नेपालको प्रतियोगितामा प्रदर्शन 

प्रतियोगिताबाट बाहिरीएको चिन बिरुद्ध  सिंगापुरले ८ विकेटको तथा नेपालले १० विकेटको जित निकालेको थियो।

सिंगापुरलले टस जितेर ब्याटिंग गर्दै चिनलाई २३ ओभरमा २८ रनमा अलआउट गरेको थियो। सिंगापुरले २ विकेट गुमाएर सातौँ ओभरमा लक्ष्य पुरा गर्यो। सिंगापुर बलर भिनित चित्तेश मेहता एक्लैले खेलमा ७ विकेट ( ६-२-८-७ ) लिएका थिए।

यस्तै नेपालले पनि चिन बिरुद्ध टस जितेर बलिंग गर्दै २३.१ ओभरमा चिनलाई ५३ रनमा अलआउट गरेको थियो। नेपालले विकेट नगुमाई ५ ओभरमा लक्ष्य पुरा गर्यो। नेपालको जितमा पवन सर्राफले ४६ रन बनाए भने बलिंगमा सागर ढकालले ६ र तिलक राज भण्डारीले ३ विकेट लिए।

Sagar Dhakal

सिंगापुरसंग इतिहास 

सिंगापुरसंग अन्डर-१९ टिमसंग नेपालले लामो समय देखि खेल्दै आए पनि इतिहासमै नेपाललाई सिंगापुरले पराजित गरेको छैन। केहि खेलमा चुनौती दिए पनि नेपालले प्राय एकतर्फी ढंगलले खेल जित्दै आएको छ।

सिंगापुरसंग नेपालले खेलेको पछिल्लो ३ खेलको समरी 

२०१९ यु-१९ विश्वकप छनौट एसिया , मलेसिया ( १२ अप्रिल २०१९ ) – खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा सिंगापुर ६५ रनमै समेटिन पुग्यो र नेपालले २१७ रनको जित दर्ता गर्यो।

नेपालको ब्याटिंगमा कप्तान रोहित पौडेलले ९५, राशिद खानले ४८ तथा पवन सर्राफले ४७ रन बनाएका थिए भने बलिंगमा पवन सर्राफले ३ विकेट लिए। स्कोरकार्ड 

Rohit Paudel

२०१७ यु-१९ विश्व कप छनौट एसिया, सिंगापुर ( १७ जुलाई २०१७ ) – खेलमा टस हारेर ब्याटिंग गरेको सिंगपुरले दिएको ७४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो। ४ विकेटको जितमा सन्दिप लामिछानेले ५ विकेट लिएका थिए। स्कोरकार्ड 

Sandeep Lamichhane celebrating wicket

२०१७ यु-१९ विश्व कप छनौट एसिया, सिंगापुर ( २१ जुलाई २०१७ ) – प्रतियोगितामा दोश्रो पटक खेल्ने क्रममा नेपाल २२ रनले विजयी भएको थियो।

टस जितेर ब्याटिंग गर्दै नेपालले दिएको १६९ रन लक्ष्य पछ्याउने क्रममा सिंगापुर १४६ रनमा समेटिन पुगेको थियो। नेपालको ब्याटिंगमा दिपेन्द्र ऐरीले ५४ तथा बलिंगमा सन्दिप लामिछानेले ४ विकेट लिएका थिए। स्कोरकार्ड 

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]