काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा बुधबार बिहान नेपालले श्रीलंकाको सामना गर्दैछ ।
नवौं संस्करणको विश्वकपको समूह डी मा रहेका नेपाल र श्रीलंकाबीच खेल नेपाली समय अनुसार बुधबार बिहान सवा पाँचमा अमेरिकाको फ्लोरिडामा हुदैछ ।
दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालले श्रीलंकासँग पहिलो खेल्ने लागेको छ । पहिलो भेटलाई जितका साथ ऐतिहासिक बनाउँन नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ । नेपालले गत साता नेदरल्यान्ड्सविरुद्ध खेलेको प्लेईङ-११ नै मैदान उतार्ने सम्भावना रहेको छ ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ ।
ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन बलिङको जिम्मेवारी सम्हाल्न पर्नेछ । शेख र भुर्तेलले केही खेल यता आशा अनुरुपको प्रदर्शन देखाउन सकेका छैनन् ।
तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत अपेक्षामा टिम रहेको छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।
पाँचौ नम्बरमा अनिल शाहको सम्भावना रहेको छ । छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्प रहने छ ।
सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन् ।
आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा सागर ढकालको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सागरबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।
एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरि रहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।
नेपालको सम्भावित प्लेईङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, अनिल शाह , कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा