काठमाडौं । भारी वर्षाका कारण वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप अन्तगर्त नेपाल र श्रीलंकाबीचको खेल टस समेत हुन नसकि रद्द भएको छ ।
खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक एक अंक बाडेका छन् । अंक बाडेसँगै श्रीलंका सुपर एट प्रवेशको सम्भावना अंक गणितीय रुपमा मात्र बाँकी रहेको छ । । भने, नेपालको सुपर एटमा पुग्ने सम्भावना बलियो रहेको छ ।
नेपालले अब दुई खेल खेल्न बाँकी रहँदा दुवै खेलमा स्पस्ट जित निकालेमा सुपर एटमा स्थान पक्का गर्नेछ । नेपालले अब वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।
