नेपालको पहिलो अभ्यास खेल आज

२०८१ असार २६, मंगलवार ०८:१८

काठमाडौं । नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागीताका लागि श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ ।

नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघारसँग नेपाली समय अनुसार मंगलबार बिहान सवा दशमा खेल्दैछ ।

नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy