नेपालको पहिलो अभ्यास खेल आज

काठमाडौं । नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागीताका लागि श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ ।

नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघारसँग नेपाली समय अनुसार मंगलबार बिहान सवा दशमा खेल्दैछ ।

नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ । यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]