अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ विकेटले पराजित भएको छ।

खेलको स्कोरकार्ड हेर्नुस 

कोलोम्बो स्थित थ्रस्टन कलेज मैदानमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलिले २६.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

घरेलु टोलिको लागि क्रिशन संजुलाले सर्वाधिक ६८ रन योगदान दिए जुन क्रममा ६० बलमा १० चौका प्रहार गरे। यस्तै अशेन बन्डाराले ३४ तथा रभिन्दु रस्थानाले २५ रन बनाए।

नेपालको बलिंगमा कप्तान सोमपाल कामि र गुल्सन झाले २/२ विकेट तथा ललित राजबंशीले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४० ओभरमा सबै विकेट गुमाएर ५९ रन बनायो।

नेपालको लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन योगदान दिए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ३५, आरिफ शेखले २० तथा करन केसीले १५ रन बनाए।

घरेलु टोलिको लागि गरुका सङ्केथले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७ ओभरमा ३९ रन खर्चिए। थानुका डबारीले २ तथा धनन्जय लक्षन र अशेन ड्यानियलले १/१ विकेट लिए।

यस अघि दुईवटा अभ्यास खेल वर्षाको कारण रद्द भएको थियो।  नेपाली टिम भोलिसम्म श्रीलंकामा रहनेछ।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy