अन्तिम अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं । एसिया कप खेल्न श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दै छ ।

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । यही टोलीविरुद्ध यस अघिका दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

नेपाल र श्रीलंका डेभलपमेन्ट टिमको खेल अहिले बिहान १० बजे सुरु हुनेछ । नेपालले यसअघि जुलाईको ९ र १० मा दुई खेल खेलेको थियो । त्यसपछि आज अन्तिम खेल हुन लागेको हो ।

नेपाल पहिलो खेलमा ३३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पनि श्रीलंका डेभलपमेन्टले चार विकेटले जितेको थियो ।

नेपालले एसिया कपमा युएई, पाकिस्तान र भारतको महिला टिमसँग प्रतिस्पर्धा गर्नेछ । जुलाई १९ मा नेपालले युएईको सामना गर्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ ।

 





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]