अन्तिम अभ्यास खेल खेल्दै नेपाल

२०८१ श्रावण १, मंगलवार ०९:१९

काठमाडौं । एसिया कप खेल्न श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दै छ ।

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । यही टोलीविरुद्ध यस अघिका दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

नेपाल र श्रीलंका डेभलपमेन्ट टिमको खेल अहिले बिहान १० बजे सुरु हुनेछ । नेपालले यसअघि जुलाईको ९ र १० मा दुई खेल खेलेको थियो । त्यसपछि आज अन्तिम खेल हुन लागेको हो ।

नेपाल पहिलो खेलमा ३३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पनि श्रीलंका डेभलपमेन्टले चार विकेटले जितेको थियो ।

नेपालले एसिया कपमा युएई, पाकिस्तान र भारतको महिला टिमसँग प्रतिस्पर्धा गर्नेछ । जुलाई १९ मा नेपालले युएईको सामना गर्दै नेपालले एसिया कपको सुरुआत गर्नेछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy