थाईल्याण्डसंग नेपाल कमजोर सावित, ५७ रनले पराजित

२०७५ फाल्गुन ९, बिहीबार ११:५७

  • विकेटनेपाल, फाल्गुन-९ , बिहिबार

थाईल्याण्डमा जारि आईसीसी टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपाल आयोजक थाईल्याण्डसंग पराजित हुनपुगेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ। प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदान, ब्यांगककमा भएको खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको योगफल तयार गर्दै नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभर ब्याटिंग गरेको नेपालले ८ विकेट गुमाएर ६७ रन बनाउन सक्यो र ५७ रनले पराजित भयो ।

नेपालको लागि इन्दु बर्माले सर्बाधिक २९ रन बनाइन भने सिता मगरले १८ रन बनाइन । यी दुई खेलाडीले चौथो विकेटको लागि ४६ रनको साझेदारी गरेपनि जितको लागि पर्याप्त हुन सकेन ।

अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनर काजोल श्रेष्ठ र रोमा थापा मात्र १/१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किंदा कप्तान रुबिना बेलबासे ३ रनमा रन आउट भइन ।

त्यस्तै ममता चौधरी ५ रन र नेरी थापा २ रनमा रन आउट हुँदा सरिता मगर १ रनमा स्टम्पिंग भइन ।करुणा भण्डारी ३ रनमा अविजित रहिन ।

थाइल्याण्डको लागि टिप्पोचले २ विकेट, लाओमी, बुचाथम र सुथिरुआंगाले समान १/१ विकेट लिए ।

थाईल्याण्डको ब्याटिंग 

राम्रो सुरुवात गरेको थाईल्याण्डको लागि पहिलो विकेटको रुपमा नाट्टाकन चान्तम र नरुईमोल चाईवाईले ३७ रनको साझेदारी गरे। चाईवाई ३२ रन बनाएर करुणा भण्डारीको बलमा बोल्ड भएपछि चान्तमलाई पनि नेरी थापाले ५ रन बनाउदा स्टम्प आउट गरेपछि थाईल्याण्ड ४०/२ ( ७.२ ओभर ) को स्थितिमा पुगेको थियो।

तेश्रो विकेटको लागि नट्टाया बुचाथम र चनिदा सुत्थीरुआंगले २३ रनको साझेदारी गरे। बुचाथमलाई १२ रनमा नेरीले क्याच आउट गराईन्। चौथो विकेटको लागि सुत्थीरुआंगले वोंगपाका लिंगप्रासर्टसंग ३२ रनको साझेदारी गरिन्।

कविता कुँवरले १७ औं ओभरमा सुत्थीरुआंगलाई क्याच आउट गराउदा थाईल्याण्डले चौथो विकेट गुमाउन पुगेको थियो।

त्यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमाएपनि लिंगप्रासर्टले एउटा किनार सम्हालीरहिन र अविजित २८ रन योगदान दिईन्। २७ बलमा उनले १ चौका प्रहार गरिन्।

नेपालको बलिंगमा कविता कुँवर ( ४-०-२८-२ ) र नेरी थापाले ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए। कप्तान रुबिना क्षेत्री ( ३-०-१९-१ ) र करुना भण्डारीले ( ४-०-१८-१ ) १/१ विकेट आफ्नो नाम गरे।

प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले दिएको १२७ रन लक्ष्य पछ्याउने क्रममा मलेसियाले ९२ रन बनाएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy